मुख्य समाचार

चैत १०गते अाईतबार काे राशिफल हेर्नुस्

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) लाभ,हानी,आय,व्यय,सुख,दुख वरावरी मध्यम खालको दिन छ । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । प्रतिस्पर्धीहरूले अप्ठ्यारोमा पार्ने प्रयास गर्नेछन् । खर्च बढ्नेछ । परिस्थितिसँग सम्झौता गर्नु परेपनि प्रतिष्ठा जोगाउन सफल भइनेछ । 


वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) सामाजिक तथा धार्मिक कार्यमा रुची बढ्नेछ । दैनिक कार्यमा सफलता पाईनेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । रचनात्मक काममा जुट्ने समय छ । काममा अवरोध आउन सक्छ । सन्तान वा अनुयायी र मातृशक्तिको सल्लाह, सहयोगले फाइदा हुनेछ । 


मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । स्वादिष्ट भोजन पाईनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । वित्तीय संस्थाबाट सहयोग पाईनेछ । कामका सहयोगीहरू पछि हट्नेछन् भने प्रतिस्पर्धीहरूले सताउन सक्छन् । आफ्ना योजनाहरू गोप्य राख्नुहोला । साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला ।


 कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) मनमा दुविधा उत्पन्न हुनेछ । मनमा निरासा र शरीरमा आलस्य आउला । आफ्नो अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । प्रेममा विवादपनि रहनेछ । खानपानको असावधानीले स्वास्थ्य कमजोर बन्ला । पढाइलेखाइमा समय दिन नसकिएला । व्यावसायिक काममा पनि त्यत्ति फाइदा नहोला । 



सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) छोटो दुरीको लाभदायक यात्रा रहला । मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । विशिष्ठ व्यक्तिको साथ पाईनेछ । शुभकार्यको चर्चा चल्नेछ । शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुख पाइनेछ । स्थायी सम्पत्तिमा पनि विवाद आउन सक्छ । बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ । 


कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । प्रेम जीवन सफल र सुखद् रहने देखिन्छ । इच्छा र आकाङ्क्षा पूर्ण हुनेछ । शुभारम्भको चर्चा चल्नेछ । अरूको मात्र भर पर्नाले आफ्नो महत्वाकांक्षा पूरा नहुन सक्छ । शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ । 


तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) मनमा शान्ति र अनुहारमा कान्ति छाउला । दाम्पत्य जीवन सुखमय हुनेछ । दिनको उत्तरार्ध सुखद रहनेछ । लगनशीलताले कामहरू अगाडी बढ्नेछन् । लगनशीलताले प्रतिष्ठित काम गर्ने मौका दिलाउनेछ । बोलीको भरमा महत्वपूर्ण काम सम्पादन हुनेछ । 



वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) विपक्षीको छलकपट तथा जालझेलबाट सावधान रहनुपर्नेछ । ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ । अप्रिय समाचारले मन खिन्न हुनेछ । 


धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । समाजिक कार्यमा मन जाला । कूटनीतिक नियोगको सहयोग मिल्ला । दैनिक कार्यमा प्रगति हुनेछ । समयमा हिम्मत गर्न नसक्दा पछि परिनेछ । पुरानो समस्या दोहोरिनाले अलि अप्ठ्यारोमा परिएला । 



मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) घरमा अतिथीको आगमन हुनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । कुटुम्बको सहयोग मिल्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । काम बिग्रने डरले सताइरहनेछ । प्रयत्न गर्दा पशुधन र जमिनबाट सामान्य लाभ उठाउन सकिनेछ ।


 कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) न्यायिक कार्यमा सफलता मिल्नेछ । सांस्कृतिक क्षेत्रमा रुची बढ्नेछ । साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन् । लाभदायक यात्रा रहला । मेहनतले विशेष उपलब्धि आर्जन हुनुका साथै मान सम्मानसमेत पाप्त हुने समय छ । सहयोगीहरू जुट्नाले उत्साह जाग्नेछ । 



मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । व्यर्थको सास्ति खेप्नु पर्नेछ । स्वास्थ्यको क्षेत्रमा पनि प्रतिकूल हुने देखिन्छ । सरकारी निकाएको भय रहला । प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ । मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला ।

No comments