अागाेमा जलेर तीन बालबालिका काे मृत्यु
सिन्धुली चैत १०गते
सिरहाको छुट्टाछुट्टै स्थानमा शनिबार भएको आगलागीमा दुई बालिकासहित तीनजनाको मृत्यु भएको छ । धनगढीमाई नगरपालिका–१४, अमिलटारस्थित दीपक धमलाको गोठमा शनिबार साँझ आगलागी हुँदा दुई बालिकाको मृत्यु भएको हो ।
आगलागीमा परी दीपक धमलाकी ६ वर्षीया छोरी दीक्षा र नित्यराज पोखरेलकी ७ वर्षीया छोरी ऋतु पोखरेलको जलेर मृत्यु भएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए । गाईगोठमा जम्मा भएको पतकरहरु केटाकेटीले आफैंले सलाइ कोरेर आगो लगाएको हुनसक्ने स्थानीयले आशंका गरेका छन् ।
प्रहरीले भने आगलागीको कारण अझै नखुलेको जनाएको छ । स्थानीय र प्रहरीको सहयोगमा डेढ घन्टापछि आगो नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक थापाले बताए । यसअघि, शनिबारै बिहान सिरहाको कल्याणपुर नगरपालिका–७, भेडियो पूर्वारीटोलमा आगलागी हुँदा ५० वर्षीया बनारसी देवी सदायको मृत्यु भएको थियो । रासस



No comments