साफ फुटबल मा उपविजेता भयका महिला खेलाडी लाई जनहि १लाख पुरस्कार दिने
सिन्धुली चैत १०गते
अखिल नेपाल फुटबल संघ एन्फाले विराटनगरमा सम्पन्न पाँचौ साफ महिला फुटबल च्याम्पियनसिपमा उपविजेता बनेको नेपाली महिला राष्ट्रिय टिमका खेलाडीहरुलाई जनही १ लाख रुपैया नगद पुरस्कार दिने निर्णय गरेको छ । विराटनगरमा सम्पन्न एन्फा साधारण सभाले सो निर्णय गरेको एन्फाका प्रवक्ता किरण राईले जानकारी दिनुभयो ।
यस अघि प्रदेश सरकारले महिला राष्ट्रिय टिमका खेलाडी, प्रशिक्षक र अफिसियल गरी ३० जनालाई जनही एक एक लाख रुपैया प्रोत्साहन पुरस्कार दिने निर्णय गरिसकेको छ भने विराटनगर महानगरपालिकाले जनही ५० हजार दिने जनाएको छ । प्रवक्ता राईले एक साता भित्र पाँचौ साफ महिला फुटबल प्रतियोगिताको खर्च विवरण सार्वजनिक गर्ने जानकारी दिनुभयो ।




No comments