मुख्य समाचार

अाईतबार बाट एसईई परिक्षा सुरू सांसद र नाइका परिक्षा दिदै


सिन्धुली चैत १०गते 
नायिका करिष्मा मानन्धर काठमाडौंबाट एसईईको जाँच दिँदैछिन् । नेकपाकी सचेतक शान्ता चौधरी पनि गृहजिल्ला दाङको तुल्सीपुरमा एसईईकी परीक्षार्थी हुन् । अभिनेत्री मानन्धर र मुक्त कमैयाबाट सक्रिय राजनीतिमा आएकी चौधरीसँगै मुलुकभर ४ लाख ७५ हजार परीक्षार्थी आइतबार सुरु एसईईमा सहभागी हुँदैछन् । परीक्षार्थीहरू स्कुले उमेर १४ देखि १८ वर्षका मात्रै छैनन्, सेलेब्रिटी, जनप्रतिनिधि र बूढापाका पनि छन्। परीक्षा नियन्त्रण कार्यालयसँग एसईई दिने पाको उमेरकाको संख्या भने यकिन छैन।  


 मानन्धरले कक्षा ८ देखि काठमाडौं मैतीदेवीस्थित त्रिवेणी माविको नियमित विद्यार्थी भएर पढेकी हुन्। यही विद्यालयको नियमित विद्यार्थीका रूपमा डिल्लीबजारस्थित विजय स्मारक मावि केन्द्रबाट परीक्षा दिँदैछिन्। खुला विद्यालय प्रणालीमा पढेकी प्रतिनिधिसभा सांसद ३८ वर्षीया चौधरीले सेन्टर मावि तुल्सीपुर केन्द्रबाट जाँच दिँदैछिन्। १८ वर्ष कमलरी बसेकी शान्ताले दाङको महेन्द्र माविमा ८ कक्षामा भर्ना भएर पढ्न थालेकी थिइन्। उनी एमालेबाट २०६४ र २०७४ मा दुईपल्ट सांसद भएकी हुन्। उनकी १७ वषर्ीया छोरी बिनुले पनि यही वर्ष सिर्जना बाल विद्यालय काठमाडौंबाट एसईई दिँदैछिन्।

 औपचारिकबाट औपचारिक शिक्षाप्रति नायिका मानन्धर र सांसद चौधरीजस्ता व्यक्तिले देखाएको लगाव प्रेरणादायी प्रसंगका रूपमा लिनुपर्ने शिक्षाविद् औंल्याउँछन्। 'नायिका करिष्मा मानन्धरले कक्षा ८ बाट अध्ययन गर्नुपर्ने, ६० वर्षको पाको व्यक्ति कक्षा १ बाट पढ्नुपर्ने दृष्टान्त छ,' बेलायतमा रहेका साहित्यकार विश्वासदीप तिगेलाले फेसबुक वालमा लेखेका छन्, 'त्यो प्रेरणादायी कुरा त हुँदै हो, तर अन्य मुलुकमा बढी उमेरका, धेरै अनुभव लिइसकेकालाई एकैपटक ब्रिज कोर्स गराएर माथिल्लो तहमा अध्ययनको सुविधा हुन्छ। नेपाल सरकारले कहिले थाहा पाउने होला?'

No comments