नयाँ बसपार्क बाट १४जुवाडे ४लाख ३५हजार सहित पक्राउ
सिन्धुली चैत ११गते
प्रहरीले नयाँ बसपार्कबाट जुवा खेलिरहेका १४ जनालाई ४ लाख ३५ हजार सहित पक्राउ गरेको छ । प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी होबिन्द्र बोगटीका अनुसार प्रहरीले जुवाको खाल सञ्चालक एलबी गुरुङलाई पनि नियन्त्रणमा लिएका छन् ।
![]() |
| साङ्केतिक तस्बिर |
प्रहरीका अनुसार गुरुङले लामो समयदेखि भाडामा लिएको उक्त घरमा जुवा खेलाउँदै आएका थिए । प्रहरीको आँखा छल्न गुरुङले बेला बेलामा अन्य घरहरुमा खाल सार्दै जुवा खेलाउने गरेको प्रहरीले जनाएको छ । प्रवक्ता बोगटीका अनुसार पक्राउ पर्नेहरुमा व्यापारी, जग्गा कारोबारीदेखि पेशेवर जुवाडेसम्मका छन् । पक्राउ परेका विरुद्ध प्रहरीले जुवा नियन्त्रण ऐन २०६६ अनुसार मुद्धा चलाउने तयारी थालेको छ ।




No comments