मुख्य समाचार

सिन्धुली काे खुर्कोट बजार लाई नयाँ शहर काे रूपमा विकास गरिदै

सिन्धुली चैत ११गते
सिन्धुलीको खुर्कोटलाई आधुनिक शहरको रुपमा विकास गर्ने अभियान तीव्र गतिमा अघि बढेको छ । देशका १० स्थानमा नयाँ शहर विकास गर्ने प्रस्तावित योजनामा परेको खुर्कोटलाई आधुनिक शहरको स्वरुपमा परिवर्तन गर्न थालिएको हो । सिन्धुलीको गोलन्जोर गाउँपालिकाको खुर्कोटलाई शहरीकरण गर्ने अभियानअन्तर्गत पहिलो चरणमा खानेपानी, सडक, बिजुलीलगायतका पूर्वाधार निर्माणमा प्राथमिक काम भइरहेको छ । 
खुर्कोट बजार 

धुलिखेल, सिन्धुली, बर्दिबास र पूर्व–पश्चिम मध्यपहाडी लोकमार्गको केन्द्रबिन्दू सुनकोशी नदीको किनारमा विकास हुँदै गएको प्रस्तावित खुर्कोट नयाँ शहरको भौतिक पूर्वाधार निर्माणका लागि विगतका वर्षहरुमा सरकारका सम्बन्धित निकायले तिब्रता नदेखाएका कारण काममा ढिला भएकोे थियो । 
राति देखियकाे खुर्कोट बजार 


सरकारले देशका मध्यपहाडी क्षेत्रमा यातायातको सुगमता, जमिन र खानेपानी स्रोतको उपलब्धता, आर्थिक विकासको सम्भाव्यता, जनसंख्या आदिको आधारमा प्रस्तावित शहरको २० वर्षे गुरुयोजना तथा आयोजनाको विस्तृत प्रतिवेदन बनाएर चरणवद्ध रुपमा शहर विकास निर्माण कार्यअन्तर्गत खुर्कोटमा काम हुन थालेको हो ।

No comments