चन्द समुहको काेशि ब्यूरो संयोजक घनश्याम श्रेष्ठ पक्राउ
सिन्धुली चैत ११गते
नेत्रविक्रम चन्द समूहका कोशी ब्युरो संयोजक घनश्याम श्रेष्ठ (पुष्कर)लाई प्रहरीले पक्राउ गरेको छ । उच्च स्रोतका अनुसार श्रेष्ठलाई आइतबार राति पूर्वी क्षेत्रबाट पक्राउ गरेको हो । स्राेतका अनुसार प्रहरीले उनलाई आजै सार्वजनिक गर्ने सम्भावना छ। द्वन्द्वकालीन समयमा श्रेष्ठ तत्कालीन माओवादीका ब्यूरो सदस्य थिए।उनी काठमाडौंस्थित मिर्मिरे एफएमका पूर्व अध्यक्ष समेत हुन। सरकारले प्रतिबन्ध लगाएसँगै चन्द समूहका नेता कार्यकर्तामाथि निगरानी बढाएको छ। शुक्रबार राति काभ्रेबाट नेक्रवित्रम चन्द समूहका तेस्रो वरीयताका नेता एवं मध्य क्षेत्रीय कमान्ड इन्चार्ज हेमन्तप्रकाश वली ‘सुदर्शन’ सहित नौ जनालाई पक्राउ गरेसँगै अन्य उच्च नेताहरूमाथि निगरानी बढाएको छ ।



No comments