मुख्य समाचार

चैत ११गते साेमबार काे राशिफल हेर्नुस्

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – लामो समय देखि भेट नभएका मित्रहरु सँग भेट हुनेछ । विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ ।। पढाई लेखाईमा सफलता हात लाग्नेछ नयाँ कामको प्रस्ताव आउनेछ । मनग्ये धन आर्जन होला । पारिवारिक भेटघाटको समय छ ।व्यापार व्यावसायमा लगानि गरि प्रसस्त आम्दानि गर्न सकिनेछ । विशेष व्यक्तित्वलाई भेट्ने मौका आउला ।


बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – व्यवसायमा थप लगानी बढाउन उपयुक्त समय छैन । लगानि गरेपनि आम्दानि थोरै हुँने हुँदा दैनिक गुजारा गर्न गाह्रो हुनेछ । लामो दूरीको यात्रा र वैदेशिक कामकाजमा पनि भनेजस्तो फाइदा लिन सकिंदैन, माया प्रेममा नचाहादा नचाहादै टाडिनु पर्दा मन मुटुमा जलन पैदा हुनेछ । धेरै टाढा जानु हुँदैन, झमेला आउन सक्छ ।


मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) – कामहरु समयमा सम्पन्न नहुदा मान सम्मानमा दाग लाग्न सक्छ सजक रहनुहोला । परिस्थितिले निष्क्रिय बनाउन सक्छ । बिद्यामा अरु भन्दा पछि परिने हुँदा मन खिन्न हुनेछ । श्रमको उचित मूल्य नमिल्न सक्छ । अर्थ संग्रहमा केही बाधा पुग्ने समय छ । कमजोरिहरु भरसक लुकाउने प्रयास गर्नुहोला अरुले आलोचना गर्न सक्छन् । 


कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) – होटल तथा रेष्टुरेन्ट व्यावसायमा समय खर्चिने हरुले प्रशस्त नाँफा कमाउँन सक्नेछन् । आम्दानिका स्रोतहरु पहिल्याई जीवन स्तर उकास्न सकिनेछ । अध्ययन तथा अनुशन्धानबाट सकारात्मक नतिजा हात लाग्नेछ । शिक्षा क्षेत्रको लगानिबाट भनेजस्तो आम्दानि हुनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने पति पत्निबिचको सम्बन्धमा थप बिश्वास थपिनेछ । 


सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) – व्यावसायमा लगानि बढाई आम्दानिका स्रोतहरु पढाउँन सकिनेछ । पढाई लेखाईमा राम्रो प्रगति गरि नाम कमाउन सकिनेछ, नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ । पढाइमा पनि राम्रै प्रगति हुनेछ । साथीभाइसित भेटघाट हुने र आकस्मिक लाभ मिल्ने दिन छ भने छोरा छोरिको काम देखि प्रशन्न हुने समय रहेकोछ ।


कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) – काममा केही चुनौती देखिए पनि प्रयत्न गर्दा खोजेको उपलब्धी हासिल हुनेछ । शेयर बजारमा लगानि गरि आम्दानिका स्रोतहरु बढाउन सकिनेछ। व्यापार व्यावसायमा सोचेजस्तै नाँफा कमाउँन सकिनेछ । परिवारजनले पनि सहयोगका लागि तत्परता देखाउनेछन् । बोलिको प्रभाव बढ्ने हुनाले बोलेरै राम्रा कामहरु गर्न सकिनेछ ।


तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) – हरेक क्षेत्रमा अवसरवादि हावि हुनाले कामहरु समयमा सम्पन्न हुँदैनन् । पढाई लेखाईमा एकरुपमा नहुदा अरुभन्दा पछ परिनेछ ।दाजुभाई तथा छिमेकिसँगको सम्बन्धमा गिरावट आउँनेछ । समयमा काम नबन्ने हुँदा मनमा निरासा पैदा हुनेछ । न्यून पारिश्रमिकमा दिनभर समय व्यातित गर्नुपर्दा मन खिन्न हुनेछ । 


बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) – भौतिक सम्पति तथा मानव निर्मित वस्तुहरु प्राप्तिको गतिलो योग रहेकोछ । दाजुभाईको सहयोग हुने हुँदा मन प्रशन्न रहनेछ । व्यापार तथा उद्योगतर्फ फाइदाको योग छ ।माया प्रेमका कोपिला फक्रनेछ भने चिठ्ठा पर्ने अधिक सम्भावना रहेकोछ । आम्दानी बढ्ने र फाइदा उठाउने समय छ ।समुदायको हितको काम गरि समाजमा नाम कमाउन सकिनेछ । 


धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) – व्यवहारिक र व्यवसायिक चिन्तनका लागि उपयुक्त समय छ ।घरायसी सुखसुविधा र मायाप्रेमका लागि समय निकाल्नु पर्ने देखिन्छ।आम्दानी प्रशस्तै बढ्नेछ । नयाँ सवारी साधन प्राप्तिको योग छ । आतिथ्यपूर्ण सम्मान पाइएला ।। यात्रा लाभप्रद बन्न सक्छ, धेरै टाढा पनि जानु पर्दैन । दिनभरि मन प्रफुल्ल रहनेछ । शान्त र रमाइलो वातावरणको सिर्जना हुनेछ । 


मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) गरेका काम ढिलो गरी सम्पन्न हुनेछन् ।परिवारजनमा असमझदारी बढ्नेछ ।व्यवहारिक कारणले पारिवारिक जीवनमा तलबितल पर्न सक्छ । बन्दव्यापारमा उतारचढाव आइरहने छ । मातृधनको उपयोग हुन सक्दैन । आर्थिक पक्ष सबल छैन, कुनै वस्तु खरिद गर्दा महँगोमा पर्न सक्नुहुन्छ ।पशुधन र जमिनबाट पनि बेफाइदा हुनसक्छ । 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) – व्यवहारिक र व्यवसायिक चिन्तनका लागि उपयुक्त समय छ ।। प्रतिस्पर्धामा फाइदा हुँदैन ।परिस्थितिअनुसार चल्न नसक्ता दुःख पाइनेछ । सहयोगीहरूले हात झिक्नाले अलि अप्ठ्यारोमा परिनेछ । बेलुका झिनामसिना घरायसी समस्याहरू देखापर्न सक्छन् । जीवनसाथीसित ठाकठुक पर्ने सम्भावना छ तर तुरुन्त सुलह हुनेछ। 


मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) – परोपकारका क्षेत्रमा आकर्षण बढ्ने छ । नयाँ कामको वातावरण तैयार हुनेछ, अर्थलाभका अवसर आउने छन् । लगनशीलता देखाएमा राम्रो उपलब्धी हासिल हुनेछ । पारिवारिक जीवन सन्तोषप्रद रहने छ । काम र पठन–पाठनमा रुचि जाग्नेछ ।वादविवादमा विजय प्राप्त हुनेछ। सामुदायिक भावनाको विकास हुने छ ।राम्रै फाइदाको योग छ

No comments