मुख्य समाचार

बृद्धा भत्ता लागू गर्ने पुर्ब अर्थ मन्त्री भरत माेहन अधिकारी रहेनन् उनकाे अाजै पशुपति आर्यघाट अन्त्येष्टि गरिने


सिन्धुली फागुन १९गते
उपचारका क्रममा शनिबार राति निधन भएका नेकपाका नेता एवं पूर्व अर्थमन्त्री भरतमोहन अधिकारीको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय धुम्बाराहीमा राखिएको छ । आइतबार बिहान ९ बजेदेखि मध्याह्न १२ बजेसम्म पार्टी कार्यालयमा श्रद्धाञ्जलीका लागि राखिने र आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने पार्टी केन्द्रीय कार्यालयले जनाएको छ ।  

पूर्वउपप्रधानमन्त्री समेत रहेका अधिकारीको ह्याम्स अस्पतालमा शनिबार राति ९:३५ मा निधन भएको हो। 'करेन्ट निमोनिया' कारण ८३ वर्षीय अधिकारीलाई दुई सातादेखि अस्पतालमा राखिएको थियो।  अधिकारीलाई नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी आेली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालले पार्टीकाे झण्डा आेढाएका छन्। 

नेपालमा कम्युनिष्ट पार्टीको पहिलो निर्वाचित सरकार २०५१ मा अधिकारी अर्थमन्त्री बनेका थिए। मनमोहन अधिकारीको ९ महिने शासनकालमा उनले दुई पटक बजेट ल्याए। २०५१ पुस ११ पहिलो बजेट ल्याउँदै 'आफ्नो गाउँ आफैं बनाऔँ' भन्ने कार्यक्रम ल्याए। २०५२ असार असार २७ गते अर्को बजेट ल्याए। उक्त बजेटमा जेष्ठ नागरिकलाई भत्ता कार्यक्रम ल्याए। स्थानीय निकायलाई सोझै अनुदानको व्यवस्था उनको पालामा भएको हो।  

२०५६ ,२०६१ मा पनि अधिकारी अर्थमन्त्री भए। २०६७ सालमा उनी उपप्रधान तथा अर्थमन्त्री बने। भौतिक पूर्वाधार तथा यातायातमन्त्री २०५३ मा पनि भए। १९९३ साल वैशाख २२ गते जन्मिएका अधिकारी २०६४ सालअघि मोरङको निर्वाचन क्षेत्र नम्बर २ बाट उनी दुई पटक निर्वाचित भएका थिए।

No comments