मुख्य समाचार

सर्लाही काे मलंगवा मा गाेलि हानि एक काे हत्या

सिन्धुली फागुन १९गते
सर्लाहीमा गोली हानेर एकजनाको हत्या भएको छ । शनिबार राति जिल्लाको गोली प्रहारबाट मलंगवा नगरपालिका २ का ३२ वर्षीय मनोज कुमार यादवको मृत्यु भएको हो । मृत यादवको शरिरमा ५ गोली लागेको छ । उनी अबेरसम्म घरमा नआएपछि खोज्न जादा शव भेटिएको थियो । 

साङ्केतिक तस्बिर 

राति ९ बजे तिर कसैले फोन गरेर बोलाएर आपसी विवादको कारण गोली हानेर हत्या गरेको हुन सक्ने प्रहरीको अनुमान छ । यादव सडक लगायत विभिन्न ठेक्कापट्टाको काम गर्दै आएका थिए । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ ।

No comments