फागुन २४गते काे राशिफल हेर्नुस्
मेषः– समस्या घट्ने छन् । गरेका अधिकाँश काम सफल हुनेछन् । व्यापार व्यवसायमा सुधार आउनेछ । आफन्तबाट सहयोग सहानुभूति मिल्नेछ ।काम काजमा अलमल बढि हुनसक्छ । आफुबाट अरुले बढि फाइदा उठाउन खोज्ने छन् । अरुको काम गरेर जश त्यति मिल्ने छैन । आर्थिक कारोवारमा विशेष चनाखो रहनुहोला ।
वृषः– परिस्थितिले साथ दिने छैन, काम गरेर सन्तुष्टि कम हुनेछ । यात्रामा कठिनाई हुनेछ । प्रेमिकाले धोका दिने देखिन्छ । हेलचक्र्याईबाट टाढा बस्नुहोला । उतार चढावको सामना गर्नु पर्ला । आलोचना बढ्नेछ । अनावस्यक काममा टाँउको दुखाउनु पर्ला । शारीरिक शिथिलता बढ्नेछ । घरयासी खर्च बढ्नेछ । आलोचना बढ्नेछ ।
मिथुनः–मनमा उत्साहा बढ्नेछ । वाह्य कुरामा बढि चासो रहनेछ । यात्राको अवसर आउनेछ ।काम गर्ने जोश जागर घट्ने छैन ।आश्वासनलाई अधार बनाएर काम नगर्नु होला । समय सामान्य अनुकुल देखिन्छ । आफ्नो काममा आफै लाग्नु होला । व्यापार व्यवसायबाट आय आर्जन बढ्नेछ । रोकिएका काम अगाडि बढ्ने छन् ।
कर्कटः– तनावको बीचमा काम गर्नु पर्नेछ । गरेका कामबाट सन्तुष्टि मिल्ने छैन । खर्च बढ्ने देखिन्छ । स्वास्थ्य कमजोर बन्नेछ । ऋण लगानी नगर्नु उचित हुनेछ । धन दिने काम नगर्नु होला । आफन्त बनेर धोका दिन सक्छन् सचेत रहनुहोला । प्रयत्नपूर्वक गरेका काम सफल हुनेछन् । हतारमा निणर्य गरेर फूर्सदमा नपछुतानु होला ।
सिंहः– पराक्रम बढ्नेछ ।समयको गति सगै काममा प्रगति हुनेछ । विशेष गरेर मध्यान्ह पछि कार्य लगनशिलता बढ्नेछ । व्यापार व्यवसायमा सुधार आउनेछ । राजनीति तथा नोकरीमा भूमिको खोजी हुनेछ । काममा देखिएका समस्या कम भएर जानेछन् । कार्य क्षमता बढ्नेछ । नोकरी तथा राजनीतिमा भूमिकाको खोजी हुनेछ । व्ययमा कमि आउनेछ भने आम्दानी बढ्नेछ ।
कन्याः–समयले कम साथ दिनेछ ।स्वास्थ्यमा समस्या आउन सक्छ । ऋण बढ्ने देखिन्छ ।आत्म अनुशानमा रहेर काम गर्नु होला । परबन्धन,परभावको सम्भावना देखिन्छ । आम्दानीका मार्ग खुम्चिने तथा व्ययका मार्ग खुल्नेछन् । नगरेका कामको दोषको भागि हुने अवस्था आउन सक्छ । व्यापारबाट आम्दानी घट्नेछ ।
तुलाः–प्रतिश्पर्धात्मक काममा सफल हुनुहुनेछ । विरोधीसँगको लडाईमा जित हुनेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । नयाँ कामको बारेमा विचार विमर्श हुनेछ । काम गरेर प्रशस्त धन कमाउने अवसर आउनेछ । सामाजिक इज्जत प्रतिष्ठा बढ्नेछघरपरिबारको सहयोग मिल्नेछ ।
वृश्चिकः– समय अनुकुल नै देखिन्छ ।गतिरोधहरु हटेर जाने छन् । फन्तबाट सामान्य सहयोग मिल्नेछ । काम प्रतिको लगाव बढ्नेछ । भाग्यले साथ दिदा धेरै काममा सफलता मिल्नेछ । आस्था र विश्वास बढ्नेछ । यात्राको अवसर आउन सक्छ । पढाई लेखाईमा प्रगति हुनेछ । व्यापारबाट लाभ हुनेछ ।
धनुः– समय त्यति अनुकुल नबन्न सक्छ ।मनमा शान्ति मिल्ने छैन । घरयासी समस्या घट्ने देखिन्न । व्यापार व्यवसायबाट अल्प लाभ हुनेछ । अवसर गुम्न सक्छ सतर्क भई काम गर्नु होला । आस्था र विश्वासमा चोट लाग्न सक्छ । तनावबाट पूर्ण मूक्ति मिल्ने छैन । घुमाई फिराई बढि हुनसक्छ ।
मकरः– काम गर्ने वातावरण तपाईको प्रतिकुल हुनेछ ।खर्च वृद्धि तथा इज्जत प्रतिष्ठामा आच आउन सक्छ सतर्क रहनु होला । दैनिक काममा अवरोध आउने देखिन्छ । धन क्षय हुनसक्छ ।जीवन साथिसँग बादविबाद पर्न सक्छ । दैनिक काम काजमा अवरोध आउन सक्छ । स्वास्थ्यमा समस्या नआउला भन्न सकिन्न । मानसिक तनाव बढ्नेछ ।
कुम्भः– घर परिवारबाट पूर्ण सहयोगको अपेक्षा नराख्नु उचित होला तर सामान्य सहयोग मिल्नेछ । नयाँ कामको अवसर आउन सक्ने कुरालाई नकार्न सकिन्न । समयमा कार्य सम्पादन गर्न तिर लाग्नु होला । साँझतिर काममा अवरोध आउनेछ । तनाव बढ्नेछ ।विदेश यात्राको सम्भावना देखिन्छ ।
मिनः–हेलचक्र्याई गरेर काम नगर्नु होला विरोधीबाट काममा अवरोध आउन सक्छ । आकारोवारमा सचेत रहनुहोला ।विश्वासमा धोका हुनसक्छ ।सामान्य प्रयासबाट कार्य सम्पादन हुनेछैनन । प्रयत्नपूर्वक गरेका काम भने सफल हुनेछन् । परिश्रमको अन्तिम परिणाम सुखद रहनेछ ।





No comments