बिप्लव समुहलाई सरकार ले लगायाे प्रतिबन्ध
सिन्धुली फागुन २८गते
मंगलबार बसेको मन्त्री परिषद्को बैठकले विप्लव समुहमाथि प्रतिबन्ध लगाउने सरकारले निर्णय गरेको छ । अपराधिक क्रियाकलापमा संलग्न रहेको भन्दै सरकारले सो निर्णय गरेको हो ।
समाजका चन्दा आंतक, बम विस्फोट जस्ता क्रियाकलाप गर्दै आएको र सरकारले वार्ताको लागि बोलाउदा समेत नआएको भन्दै प्रतिबन्ध लगाएको हो । सरकारले नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लगाएको छ । विप्लवको पार्टीलाई अपराधिक समूह ठहर गर्दै प्रतिबन्ध लगाउने निर्णय गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकै स्वरमा विप्लवका गतिविधि आतंककारी भएको भन्दै प्रशासनिक कारबाही गर्ने चेतावनी दिँदै आउनु भएको थियो ।




No comments