दशहजार नेपाली कामदार काेटा सहित काेरिया लैजाने चैत ८गते भाषा परिक्षा काे लागि अावेदन खुला
सिन्धुली फागुन २८गते
रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत सन् २०१८ को कोरियन भाषा परीक्षाको आवेदन फारम चैत ८ गतेदेखि खुला हुने भएको छ । चैत १७ गतेसम्म ईपीएस परीक्षाको आवेदन फारम भर्न सकिनेछ । १८ वर्ष पुरा भएर ३९ वर्ष ननाघेकाले कोरियन भाषा परीक्षका लागि आवेदन दिन सक्नेछन् । यो पटक पनि अनलाइनबाटै फारम भर्ने सुविधा दिइने छ ।
वैदेशिक रोजगार विभाग अन्तर्गतको ईपीएस कोरिया शाखाले सुरुआतमा दिनमा हतारिएर फारम भर्नका लागि बैंकमा रकम तिर्न लाइन नबस्नु सुझाव दिएको छ । यसवर्षबाट आईएमई–पे र ई–सेवाबाट पनि २४ डलर बराबरको शुल्क भुक्तानी गर्न सकिने छ । पछिल्ला दिनहरुमा बैंकमा रकम तिर्नेहरु कम हुँदै जाने भएकाले धैर्य गर्न परीक्षार्थीलाई शाखाले अनुरोध गरेको छ । रकम जम्मा गरेको कोड राखेपछि मात्रै अनलाइन फारम भरेर ‘सब्मिट’ गर्न सकिनेछ ।
साथै मेसिन रिडेबल पासपोर्ट (एमआरपी) अनिवार्य हुनेछ । यो वर्षको परीक्षा २०७४ सालको जेठ २५ र २६ गते हुनेछ । आगामी वर्षका लागि कोरियाले १० हजार ५० नेपाली कामदारको कोटा दिएको छ । उत्पादनमुलक क्षेत्रमा ७ हजार ५० र कृषि क्षेत्रमा ३ हजार नेपाली लैजाने तयारी छ । नेपालबाट सन् २००८ देखि इपीएसमार्फत प्रशिक्षार्थी कामदार कोरिया जान थालेका हुन् । आकर्षक कमाइ हुने भएकाले कोरिया जान खोज्ने युवाको संख्या उच्च छ ।




No comments