के तपाई ले खसी काे मासु काे अचार खानु भयकाे छ छैन भने यसरी बनाउनुस
सिन्धुली फागुन २२:
सामग्री :
खसीको मासु : १ केजी । प्याज : २ वटा । धनियाँको धूलो : २ चम्चा । जिराको धूलो : २ चम्चा । अम्चुर : १ चम्चा । धूलो खुर्सानी र नून : स्वादअनुसार । अदुवा र लसुनको पेस्ट : ४ चम्चा ।
विधि :
खसीको मासुलाई स–साना टुक्रामा काट्ने । कराहीमा तेल तताई प्याज हाल्ने र खैरो भएपछि मासु हाल्ने । त्यसमा नुन हालेर सानो आँचमा भुट्ने । अदुवा र लसुनको पेस्ट भुटिसकेपछि धनियाँ, जिरा, खुर्सानी तथा अम्चुर हालेर राम्रोसँग भुट्ने । पाकेपछि खानुअघि यसलाई चिसो हुन दिनुपर्छ । खसीको मासुको यो अचार दर खाँदा स्न्याक्सका रूपमा खान सकिन्छ ।




No comments