मुख्य समाचार

ताप्लेजुङ हेलिकप्टर दुर्घटना मा हराएको पेस्तोल भेटियाे


सिन्धुली फागुन २२:
ताप्लेजुङमा एयर डाइनेष्टिको हेलिकोप्टर दुर्घटना हुँदा हराएको नेपाली सेनाका जमदार अर्जुन घिमिरेले बोकेको पेस्तोल भेटिएको छ । फुङलिङ नगरपालिका–१० स्थित तारेभीरको जंगलमा हराएको नाइन एम.एम.को पेस्तोल फेला परेको प्रहरीले जनाएको छ । 
साङ्केतिक तस्बिर 

अस्थायी प्रहरी चौकी माथिल्लो फेदीं र नेपाली सेनाको संयुक्त टोलीले खोजी गर्ने क्रममा घटनास्थलबाट १ थान पेस्तोल, २ थान म्याग्जिन, ३ थान साबुत गोली, ३ वटा खोका र मोबाईल फेला पारेको हो । मोवाईल भने पूर्णरुपमा जलेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

No comments