सर्लाही काे लालबन्दी उद्योग बाणिज्य संघ मा कल्याण जाेशि काे प्यानल विजयी
सिन्धुली फागुन २०गते
सर्लाहीको लालबन्दीमा उद्योग वाणिज्य संघको नेतृत्वमा कल्याण जोशीको प्यानल नै बिजयी भएको छ । भर्खरै सम्पन्न मतगणनामा जोशीको प्यानल बिजयी भएको हो । अध्यक्षमा निर्वाचित जोशीले ४ सय २७ मत प्राप्त गर्नुभयो भने उनका प्रतिस्पर्धी विक्रम भण्डारीले १ सय ८० मत प्राप्त गरे । उद्योग वाणिज्य संघ लालबन्दीको नयाँ नेतृत्व चयनका लागि आइतबार जानकी माध्यमिक विद्यालय मतदान भएको थियो ।
मतदानमा ६ सय २३ जना मतदाता मध्ये ६ सय १२ जनाले मतदान गरेका थिए । केही मत बदर समेत भएको थियो । निर्वाचन समितिले केही बेरमा निर्वाचित पदाधिकारीहरुको औपचारिक घोषणा तयारी छ । नेपाली कांग्रेस निकट जोशी प्यानल र नेपाल कम्यूनिष्ट पार्टी नेकपा निकट भण्डारी प्यानललाई जिताउन केही दिनदेखि दुवै पार्टीबाट निर्वाचित जनप्रतिनिधी, राजतीज्ञ, व्यापारी लगायत लागि परेका थिए ।




No comments