मुख्य समाचार

सिन्धुली काे ११कृषि ग्रामीण सडक सहित ३नम्बर प्रदेश काे ११जिल्ला लाई ३० कराेड विनियोजन









सिन्धुली जेठ १६गते : ग्रामीण कृषि सडकको सुधार तथा मर्मतका लागि प्रदेश नं ३ सरकारले चालू आर्थिक वर्षमा रु ३० करोड विनियोजन गरी कार्यान्वयन प्रक्रियालाई अगाडि बढाएको छ । प्रदेश नं ३ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले कृषि सडकको विकासका लागि विभिन्न कृषि सहकारी संस्था, कृषक समूह र उपभोक्ता समितिको साझेदारीमा सो रकम विनियोजन गरेको हो ।   


चालू आवको स्वीकृत बजेट बमोजिम कृषिसँग सम्बन्धित सङ्घ, संस्थासँग सम्झौता गरी योजना कार्यान्वयन गरिएको हो । मन्त्रालयका अनुसार नुवाकोटमा आठ, सिन्धुपाल्चोकमा आठ, चितवनमा १२, काभ्रेपलाञ्चोकमा ११, ललितपुर र भक्तपुरमा सात÷सात, दोलखामा छ, मकवानपुरमा ११, रामेछापमा छ, सिन्धुलीमा ११ तथा धादिङमा सात कृषि सडक सुधारका लागि योजना स्वीकृत भएको हो । मन्त्रालयका प्रवक्ता निर्मल गदालका अनुसार मन्त्रालयले ग्रामिण कृषि सडक सुधार गर्नुपर्ने स्थानको पहिचान गरी प्रस्तावना पेश गर्न कृषिसँग सम्बन्धित संस्थालाई जानकारी गराइएका थिए ।


 सतासी कृषि संस्था छनोट गरी काम गर्न सम्झौता गरिएको छ ।  वर्षा याममा कृषि उपज सम्बन्धित बजार क्षेत्रमा पु¥याउन नसक्दा किसानको मेहनत खेर जाने भएकाले ग्रामिण कृषि सडकको विकासमा जोड दिइएको गदालको भनाइ छ । प्रदेश नं ३ का १३ जिल्लामध्ये ११ जिल्लामा ग्रामीण कृषि सडकको विकासमा उक्त लगानी गरिएको हो । रासस

No comments