मुख्य समाचार

श्रीमती हत्या गर्ने श्रीमाना पक्राउ

सिन्धुली असार ३गते
दिपायल सिलगढी नगरपालिका वडा नं ३ दिपायलमा श्रीमतीको हत्या आराेपमा एकजनालाई पक्राउ गरेकाे छ ।


 इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख कमलापति पन्तले दिएको जानकारी अनुसार दिपायल सिलगढी ३ का ४५ वर्षीय कृष्ण नेपालीले श्रीमती अन्दाजी ४० वर्षीया मीनालाई लुगा काट्ने कैँची प्रहार गरी हत्या गरेका हुन् । 


सोमबार राति ९/१० बजे घरायसी झगडा हुँदा नेपालीले श्रीमतीको घाँटी र ढाडमा कैँची प्रहार गरेको बताइएको छ । अभियुक्त नेपालीलाई प्रहरीले पक्राउ गरेको र अन्य अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय दिपायलले जनाएको छ ।

No comments