मुख्य समाचार

असार ३१गते मंगलबार काे राशिफल हेर्नुस्

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) नसोचेको उपलब्धि हासिल हुनेछ भने समयले साथ दिने हुनाले तारिफयोग्ग काम गरी चर्चा बटुल्न सकिनेछ । खोज तथा अनुसन्धानको क्षेत्रमा थोरै समय लगानी गर्दा पनि राम्रो नतिजा हात लाग्नेछ । दाजुभाइ तथा आफन्तको सहयोग पाइने हुनाले असजिला कामहरू सहजै सल्टाउन सकिनेछ । माया प्रेममा सामिप्यता बढ्ने योग रहेको छ । लामो दुरीको धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेको छ । 



 वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) भौतिक सम्पत्ति तथा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला अप्रिय घटना नघट्ला भन्न सकिन्न । लामो समयदेखिको प्रेममा अविश्वास बढ्न सक्छ । पढाई लेखाइमा समय दिन नकस्दा अरूभन्दा पछि परिनेछ । आफन्त तथा दिदी बहिनीसँग विवाद सिर्जना हुनेछ । व्यापार व्यवसायमा आम्दानी बढाउन निकै नै समय खर्चनु पर्नेछ । खानपान तथा बाहिरी वातावरणको ख्याल गर्नुहोला स्वास्थ्य सम्बन्धी समस्या आउन सक्छ । 




 मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) अध्ययन अध्यापनमा अरूलाई पछि पार्दै पुरस्कार तथा प्रशंसा पत्र जित्न सकिनेछ । स्वास्थ्य आफ्नै काबुमा रहने हुनाले नयाँ-नयाँ काम गर्ने जोस जाँगर बढेर आउनेछ । व्यापार व्यवसायबाट मनग्गे नाफा कमाउन सकिनेछ भने लामो दुरीको यात्राको तय गर्न सकिनेछ । दाम्पत्य जीवनमा एक अर्कालाई सहयोग गर्दै अगि बढ्न सकिनेछ भने माया प्रेम गर्नेहरूले आफ्नो मन परेको मान्छेसँग बसेर समय ब्यातित गर्दा खुसी भएको महसुस गर्नेछन् ।




 कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) कुनै पनि कामलाई पुनः गर्नु पर्दा मानसिक तनाव बढ्नेछ । पुराना रोगहरू फेरि बल्झन सक्छ ध्यान दिनुहोला । रकम लागिन गर्नको लागि केही समय पर्खनु नै उचित रहेको छ । व्यापार व्यवसायमा भनेजस्तो आम्दानी नहुँदा आर्थिक अवस्था खस्कनेछ । प्रेममा एक अर्कालाई बुझ्न नसक्दा केही समयको लागि टाढिनु पर्ने हुनसक्छ । कुनै पनि विवादमा सामेल भए हारिने सम्भावना रहेको छ । 




 सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) मेहनतले प्रतिष्ठित काम गर्ने अवसर जुराउनेछ । पढाई लेखाइमा उत्कृष्ट नतिजाका साथ तपाईँको नाम एक कदम अगाडि आउनेछ । सन्तान तथा छोराछोरीले प्रगति गर्ने हुनाले मन प्रसन्न रहनेछ । शेयर बजार तथा बैङ्किङ क्षेत्रमा गरेको लगानीबाट भनेजस्तो आम्दानी हुनेछ । माया प्रेमको गाँठो कसिलो भएर जानेछ भने जीवन साथीले तपाईँको काममा सहयोग गर्ने हुँदा समयमानै काम सकाउन सकिनेछ । 




 कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) कृषि तथा पशुपालन व्यवसायमा समय लगानी गर्नेहरूले भनेजस्तो आम्दानी गर्न सक्नेछन् । माया प्रेममा विश्वास बढ्नेछ भने घर परिवारमा आमाको सहयोग पाइनेछ । अन्य काममा व्यस्त हुँदा पढाई लेखाई कमजोर हुन सक्छ । राजनीति तथा समाजसेवामा सहभागी हुँनेहरुले जनतासँग सन्तुलित व्यवहार गर्नुहोला । स्वास्थ्यको ख्याल गर्नुहोला छाती सम्बन्धी समस्या आउने तथा खर्च बढ्ने योग रहेको छ । 




 तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) दौडधुप तथा लामो खटाइले मात्र काम सम्पादन हुनेछन् । पुराना मुद्दाहरूको निर्णय तपाईँको पक्षमा नआउने तथा नयाँ विवादमा फस्ने योग रहेको छ । उद्योग तथा व्यापारमा लगानी गर्ने अवसर आएपनि तत्काल भन्दा पनि पछिको लागि फाइदा हुनेछ । आफूभन्दा ठूला तथा प्रतिष्ठित व्याक्तिहरुसँग विवाद बढ्ने योग रहेको छ । प्रणय सम्बन्धमा आत्मीयताको कमी हुनेछ । कष्टकारक यात्रा नहोला भन्न सकिन्न ध्यान दिनुहोला । 




 वृश्चिक (तो,ना,नि,नू,ने,नो,या,यी,यु) व्यापार व्यावासायबाट मनग्गे आम्दानी हुनेछ भने आम्दानी बढ्ने हुनाले काम गर्न जोस जाँगर आउनेछ । माया प्रेममा एक अर्कालाई विश्वास गर्दै जान सकिने हुनाले मन प्रसन्न रहनेछ । कला, साहित्य तथा यस्तै क्षेत्रमा समय खर्चिने हरूले मनग्गे धन तथा सम्पत्ति कमाउन सक्नेछन् । पढाई लेखाइमा थोरै समय दिए पनि सफलता हात लाग्नेछ । कुटुम्बबाट आवश्यक सहयोग पाइने हुनदा मन खुसी रहनेछ ।




 धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) पुराना कामबाट लाभ लिने समय रहेको छ भने नयाँ काम सुरु गर्दा मनग्गे आम्दानी हुनेछ । समयको सही सदुपयोग गरी रचनात्मक काम गरी समाजमा नाम कमाउन सकिनेछ । साभिभाईको सहयात्रा तथा सहकार्यबाट राम्रा काम गर्न सकिनेछ । प्रेम गर्ने जोडीहरूका लागि समयले साथ दिनेछ भने नयाँ-नयाँ प्रेम प्रस्ताव आउनेछ । विद्यार्थीहरूले पढाइमा राम्रो प्रगति गरी आफन्त तथा गुरुवर्गहरुलाई खुसी राख्न सक्नेछन् । 




 मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) समयको गतिसँगै बढ्न नसक्दा प्रतिस्पर्धामा अरूभन्दा पछि परिनेछ । तयारी बिना नै महत्त्वपूर्ण काम सुरु गर्दा बिग्रने छ ध्यान दिनु उचित होला । प्रेममा रमाउन चाहनेहरूका आजको दिन टाढै रहनु उपयुक्त हुनेछ भने घर परिवारमा आफन्तसँग मानमुटाव सिर्जना हुनेछ । विदेश यात्राको गतिलो सम्भावना रहेको छ भने विदेशी सामानको व्यापार फस्टाएर जानेछ । स्वदेशमा उत्पादित सामानको व्यापार व्यवसायमा अरुदिन भन्दा अलि बढी समय खर्चिनु पर्नेछ ।




 कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) सवारी साधन तथा अन्य भौतिक सम्पत्तिहरू लाभ हुनेछ । पढाई लेखाइमा सुधार हुने हुनाले अरू भन्दा अगाडि बढ्न सकिनेछ । ईच्चा आकाङ्क्षा तथा मनोकामना पुरा हुने समय रहेको छ भने रोकिएका कामहरू बन्ने तथा नयाँ काम गर्ने अवसर आउनेछ । सरकारी धन तथा पैतृक धन सम्पत्ति हात लागि हुने सम्भावना रहेको छ । व्यापार व्यवसायमा लगानी गरी आम्दानीका स्रोतहरू बढाउन सकिनेछ । दाजुभाइ तथा आफन्तबाट भने जस्तो सहयोग हुनेछ । 




 मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) आफन्तसँगको लेनदेन कारोबारले शत्रुत्रा बढ्नेछ । माया प्रेममा सामान्य मनमुटाब बढ्ने तथा श्रीमान् श्रीमतीबीचको सम्बन्धमा उतार चढाए बढ्नेछ । बुवा आमाको स्वास्थ्य बिग्रनाले खर्च बढ्नेछ । समाजसेवा तथा राजनीतिमा जनताको साथ नपाइने हुँदा पद प्राप्तिको योग टरेर जानेछ । पछि लाभ हुने कामको थालनी गर्न सकिनेछ । शरीरमा घाउ,खटिरा तथा चोटपटकको भए रहनेछ ।

No comments