मुख्य समाचार

साउन १गते बाट कर्मचारी काे तलब भत्ता लिन अनिवार्य प्यान नम्बर चाहिने


सिन्धुली साउन १गते 

आजदेखि नयाँ आर्थिक बर्ष २०७६/७७ सुरु भएको छ । नयाँ आर्थिक बर्षसंगै अब तलब लिन सरकारले प्यान कार्ड अनिवार्य लिनुपर्ने व्यवस्था गरेको छ । यो व्यवस्था बमोजिम अब कुनै प्राईभेट कम्पनी, संस्था, फर्म तथा निकायले स्थायी लेखा नम्बर (प्यान) बिना कुनैपनि व्यक्तिलाई तलब दिन पाउने छैन । 


 नयाँ आर्थिक बर्षसंगै प्यान कार्ड नभएका कर्मचारीको तलब प्राईभेट कम्पनी, फर्म तथा निकायले खर्चको रुपमा देखाउन पाउने छैनन् । सरकारले कुनै पनि कर्मचारीलाई तलब दिँदा बैङ्क खातामार्फत् तलब दिनुपर्ने भएकाले प्यान अनिवार्य भएको हो । प्यान कार्ड नलिएकाहरुले एक हजार रुपैयाँभन्दा माथिको तलब बैंकबाट लिनुपर्ने अनिवार्यता हुनेछ । एक हजार भन्दा कम लिंदा मात्र नगद कारोवार गर्न पाउनेछ ।

No comments