मुख्य समाचार

भदौ २६गते काे राशिफल हेर्नुस्

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) पढाइलेखाइमा सामान्य प्रगति हुनेछ । सेवामूलक कामबाट धनलाभ हुनेछ । सन्तान वा सहयोगीका माध्यमबाट काम बन्नेछ । 

 वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) भौतिक साधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ । व्यवसायमा आम्दानी बढ्ने देखिन्छ ।


 मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा ) भौतिक साधन जुट्नेछ भने आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ । आयआर्जन राम्रै हुनेछ ।


 कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो ) आफ्नो प्रतिभाको कदर हुनेछ । बौद्धिक प्रतिस्पर्धामा पनि अरूलाई उछिन्न सकिनेछ । 


 सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे ) अरूको भर पर्दा धोका हुन सक्छ । परिस्थितिअनुसार चल्न नसक्ता दुःख पाइनेछ । मान्यजनसँग असमझदारी बढ्न सक्छ । 


 कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो ) हठ गर्ने बानीले समस्या निम्त्याउन सक्छ । अरूको सुझावमा भर नपर्नुहोला । कसैसंग सामान्य मनमुटाव पनि पर्न सक्छ । 


 तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते ) महत्वाकांक्षी योजना तत्काल सार्वजनिक नगर्नु नै बेस होला । परिवारजनको सहयोग लिँदा राम्रो हुनेछ ।


 वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु ) कामबाट फुर्स्दिलो भइनेछ भने अतिथिका रूपमा सत्कार समेत पाइने सम्भावना छ । 


 धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ) व्यापार व्यवसायमा लाभ हुनेछ । व्यावसाय विस्तारका लागि यात्रा गर्ने अवसर जुट्नेछ । 


 मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि ) न्यून उपलब्धिका लागि निकै मिहिनेत गर्नुपर्ने समय छ । नयाँ काममा हात हाल्न केही समय पर्खनुहोला । 


 कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा ) काममा सफलता पाउन केही प्रतिस्पर्धा गर्नुपर्ने समय छ । शत्रुहरूको चलखेल बढ्नाले चुनौती समेत सामना गर्नपर्ला ।



 मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि ) लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ । चिताएका काम बिस्तारै भए पनि सम्पादन हुनेछन् ।

No comments