सिन्धुली काे मरिण बाट काठमाडौं अाउदै गरेकाे बस सुनकोसी मा दुर्घटना
सिन्धुली असाेज १गते
सिन्धुलीको सुनकोसी गाउँपालिका ,६ विपि राजमार्ग काे कानढुंगामा बस दुर्घटना हुँदा २३जना घाईते भएका छन घाइते हरू लाई सुनकोसी गाउँ पालिका काे अस्पताल मा उपचार भई राखेको प्रहरी ले जनाएको छ ।
मरिण बाट काठमाडौं जादै गरेको ना ३ ख ९६८४ नम्बरको बस आज दिउसो सुनकाेसि नदिकाे किनार मा बस खसेकाे थियोे । बाटोमाथि बाट बगेर आएको लेदोमा चिप्लिएर बाटो बाट २० मिटर तल खसेको थियो ।
दुर्घटनामा परि गम्भीर घाइते भएका मरिण गाउँपालिका–४ का बर्ष ४ का सुलभ माझी र उनका बुवा बर्ष ३२ का बशन्त कुमार माझी र आमा रुपा माझी लाई धुलिखेल अस्पताल पठाइएकाे छ । दुर्घटना मा स्थानिय प्रहरी ले उदार गरेकाे थियोे ।तीन दिन देखि परेकाे पानी ले विपि राजमार्ग र मध्य पहाडी लाेक मार्ग मा ठाउँमा पहिराे र लेदाे अाउदा सडक अवरुद्ध भयकाे छ।



No comments