मुख्य समाचार

भदौ २७गते शुक्रबार काे राशिफल हेर्नुस्

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) आफन्तबाट टाढिनु पर्ने समय छ । वैदेशिक क्षेत्रबाट भने सामान्य लाभ उठाउन सकिनेछ ।

 वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) आम्दानी बिगार्नेहरू सक्रिय रहन सक्छन् । श्रमको उचित मूल्य नमिल्न सक्छ । सोचेभन्दा कमै फाइदा मिल्नेछ । 


 मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा ) आजको लाभांश सुरक्षित वा सञ्चय नहुन सक्छ । सरसापटमा धन खर्च हुने समय छ ।


 कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो ) एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । धार्मिक अनुष्ठान र मंगलमय कृत्य सम्पादन हुन सक्छन् ।



 सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे ) ब्यवसायमा प्रशस्तै लाभ हुनेछ । भाग्योन्नतिको समय छ । धेरैको भलाइ हुने काम शुभारम्भ गर्न सकिनेछ । 



 कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो ) अवसर आए पनि मौकामा लाभ उठाउन नसकिएला । ठूलै प्रयत्न गर्दा सामान्य फाइदा हुनेछ ।



 तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते ) आफ्नै कमजोरीले विवादमा परिने योग छ, सचेत रहनुहोला । प्रतिस्पर्धामा पनि केही कमजोर सावित भइएला ।



 वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु ) गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ । सामाजिक काममा रुचि बढ्नेछ । 


 धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ) आश्वासन दिएर झुक्याउनेहरूले सताउन सक्छन् । बन्ने निश्चय भएको काम अचानक बिग्रन सक्छ । 


 मकर  भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि ) स्वास्थ्य कमजोर रहनाले जोसजाँगरमा कमी आउनेछ । पठनपाठनमा समय दिन नसकिएला ।



 कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा ) कामले अरूलाई प्रभावित पारेर फाइदा लिन सकिनेछ । कीर्तिमानी काम सम्पादन होला । 



 मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि ) आस मारेको काम बन्नाले उत्साह जाग्नेछ । सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ ।

No comments