मुख्य समाचार

खराब माैसम काे कारण सिन्धुली र काभ्रे मा हेलिकप्टर अवतरण


सिन्धुली भदौ ३१गते 
खराब मौसमका कारण काठमाडौं आउँदै गरेका ७ वटा हेलिकोप्टर काभ्रको पाँच खाल र नेपालथोकमा आकस्मिक अवतरण गरिएको छ । काभ्रेको पाँचखाल ४ वटा र नेपालथोकमा ३ वटा हलिकोप्टर आकस्मिक अवतरण गरिएको काभ्रेका प्रहरी नायव उपरीक्षक दीपक गिरीले पुष्टि गरे । 


 उनका अनुसार काभ्रेको पाँचखालमा मनाङ्ग एयरका २ वटा हेलिकोप्टर र सिम्रिक एयर र कैलाश एयरको एक–एक वटा हेलिकोप्टर अवतरण गरिएका छन् । त्यसैगरी काभ्रे र सिन्धुलीको सिमाना पर्ने नेपालथोकमा तीन वटा हेलिकोप्टर आकस्मिक अवतरण गरिएको डीएसपी गिरीले जानकारी दिए । पाँचखालमा अवतरण गरिएका चारवटै हेलिकोप्टरमा गरी विदेशी पर्यटक सहित २१ जना यात्रु रहेको उनले बताए ।

No comments