मुख्य समाचार

महोत्तरी मा घाँटी थिचि एक युवक काे हत्या

सिन्धुली भदौ २९गते 

महोत्तरीको एकडारा गाउँपालिका–२ स्थित धानखेतमा शनिबार घाँटी थिचेर हत्या गरिएको अवस्थामा एक युवकको शव बरामद भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीकाअनुसार राजकिशोर बैठाका छोरा अन्दाजी वर्ष १७/१८ विकेश बैठाको हत्या गरिएको अवस्थामा धानखेतमा शव पाइएको हो ।


 बैठाको घाँटी थिचेर हत्या गरी फालिएको अवस्थामा शनिबार बिहान करिब ९ः०० बजेतिर वनमा घाँस काट्न गएका महिलाले देखेपछि गाउँमा होहल्ला गर्दै जाँदा गाउँलेले प्रहरीलाई खबर गरेका प्रहरी उपरीक्षक अधिकारीले बताए । बेला गाउँदेखि भंगहिया गाउँ जाने बाटोमा पर्ने फेकन महासेठको धानखेतको बीचमा शव फेलापरेको हो । बैठालाई अत्यधिक बलपूर्वक घाँटी थिचेका कारण दुवै आँखा बाहिर निस्केको अवस्थामा शव फेलापरेको हो । गाउँमा दुई/तीन दिनदेखि दाहा मेला लागेका अवस्थामा शुक्रबार राति केही व्यक्तिले युवक बैठालाई फोन गरी मेला हेर्न बोलाएका थिए ।



 तर, अबेर रातिसम्म उनी फर्केर घर नआएपछि गाउँभरि र आफन्तकामा उनको परिवारजनले खोजी गरे पनि कुनै पत्तो लागेको थिएन भने शनिबार बिहान उनको हत्या गरिएको अवस्थामा शव फेलापरेको उनका दाजु मुकेश बैठाले बताए । प्रहरीले हत्या गरिएका युवकको शवको स्थलगत मुचुल्का तयार गरी अहिले शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वर पठाएको प्रहरी उपरीक्षक अधिकारीले बताए । रासस

No comments