मुख्य समाचार

स्पेनिस लिग मा बार्सी लाेना र रियाल मड्रीड विजयि


सिन्धुली भदौ २९गते 

स्पेनिस लिग फुटबलमा गएराति शीर्ष क्लबहरु बार्सीलोना र रियाल मड्रिड विजयी भएका छन् । तालिकाको दोस्रो स्थानमा रहेको रियाल मड्रिडले लेभान्तेलाई ३–२ ले हराउँदा बार्सीलोनाले भ्यालेन्सियामाथि ५–२ को जित निकाल्यो । शीर्ष स्थानको एथ्लेटिको मड्रिड भने पराजित भयो । एथ्लेटिको मड्रिडलाई रियाल सोसिडाडले २–० ले हराएको हो । 



यसैगरी भियारियालले लेगानेजमाथि ३–० को जित निकाल्यो । स्पेनिस लिग फुटबलमा गएरातीका खेलहरुपछि ४ खेलबाट ९ अंक जोडेको एथ्लेटिको मड्रिड शीर्ष स्थानमा छ । समान खेलबाट ८–८ अंक जोडेको रियाल मड्रिड र एथ्लेटिक बिल्बाओ दोस्रो र तेस्रो स्थानमा रहेका छन् । चौथो स्थानको बार्सीलोनाको ७ अंक छ ।

No comments