काठमाडौ काे ठमेल लगायत विभिन्न क्षेत्र बाट ५०किसाेरि र बालबालिका उद्घार
सिन्धुली असाेज १४गते
राष्ट्रिय बालअधिकार परिषद् र बालबालिका खोजतलास समन्वय केन्द्रले सडक बालबालिका र किशोर–किशोरीको उद्धारको अभियानलाई निरन्तरता दिइरहेको छ । असोज १३ गतेको रातमा पनि काठमाडौंका विभिन्न स्थानमा छापा मारेर ५० भन्दा बढी बालबालिका र किशोर–किशोरीहरुलाई नियन्त्रणमा लिइ पुनःस्थापना केन्द्र पठाइएको छ ।
सडक बालबालिका र किशोर–किशोरीको उद्धारको निरन्तरतास्वरुप राष्ट्रिय बालअधिकार परिषद् र बालबालिका खोजतलास केन्द्रले यही असोज १३ पनि काठमाडौंका विभिन्न क्षेत्रबाट सडक बालबालिकाको उद्धार गरेको छ । त्यसो त अधिकांश बालबालिकालाई उद्धारबारे जानकारी हुने गरेको छ । तर, उनीहरुले सडक छोड्न नसकेको देखिन्छ ।
त्यसैले त उद्धार टोली पुग्नेबित्तिकै उनीहरु भाग्न खोज्छन् । कुलतमा फसेका बालबालिकाहरुको स्थिति पनि यस्तै देखिन्छ । उनीहरुको रोजाइ पनि पुनःस्थापना केन्द्र र घरभन्दा सडक नै हुन गरेको छ । यौन व्यवसायमा संलग्न किशोरीहरु रातको समयमा सडकमा ग्राहक खोज्दै गरेको अवस्थामा भेटिने गरेका छन् । मोलमोलाइकैक्रममा पक्राउ परेका कति त आफ्नो पेसा स्वीकार्न नै तयार भएनन् ।
सडकलाई यौन व्यवसायको थलो बनाउने अधिकांश काठमाडौंबाहिरका छन् । उद्धारकाक्रममा पर्यटकीय क्षेत्र ठमेलका सडकपेटीमा समूहमा बसी ग्राहक खोज्नेको संख्या पनि ठूलो भेटियो । उद्धार टोलीलाई चिथोर्ने र गाली गर्ने गरेका उनीहरुले नियन्त्रणमा लिने डरले आफैंलाईसमेत चोट पुर्याउन पछि परेनन् ।



No comments