सिन्धुली मा दशै मा घरायसी विवाद मा हुदा भरूवा बन्दुक ले हानि छाेरि र श्रीमती काे हत्या
सिन्धुली असाेज २४गते
सिन्धुली जिल्ला गोलन्जोर गाउपालिका–६ नाकाजुलीका एक ब्यक्तीले सामान्य घरायशी विवादमा आफ्नी श्रीमती र छोरीको हत्या गरेका छन् । ५० वर्षीय टेकबहादुर मस्राङगीले मादक पदार्थ सेवन गरी भरुवा बन्दुकले हानेर ४५ वर्षीया श्रीमती किरण र १७ वर्षीया छोरी प्रेमसुको हत्या गरेका हुन्।
बेलुकी श्रीमान श्रीमतीबीच सामान्य घरायशी विवाद भएको र त्यही निहुँमा टेकबहादुरले रिसिइबी साँधेर सुतिरहेका श्रीमती र छोरीमाथि बन्दुक प्रहार गर्दा उनीहरुको घटनास्थलमै मृत्यु भएको हाे ।
टेकबहादुरले श्रीमती, छोरीको हत्या गरी छोरा कष्णलाई समेत धारिलो हतियार प्रहार गरी घाइते बनाएको सिन्धुलीका प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले जानकारी दिए। घटनापछि टेकबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ ।



No comments