मुख्य समाचार

काभ्रे काे राेशि मा गाेलि चल्यो


सिन्धुली असाेज २०गते 

रोशी गाँउपालीका वडा नं ११ का वडा अध्यक्ष माथि गोली प्रहार भएको छ । १९ गते रातको करिव १२ बजे वडा अध्यक्ष मिलन लामालाई गोली प्रहार भएको हो । फुटबलको बिषयमा विबाद हुँदा मिलनकै आफन्त अनुप बुद्ध लामाले गोली प्रहार गरेको आशंका गरिएको जिल्ला प्रहरी कार्यलयका डि.एस. पी. दिपक गिरीले जानकारी दिएका छन् । 


 घटना लगतै मंगलटारबाट प्रहरीको टोली त्यस तर्फ प्रस्थान गरेको थियो । घटना पछि गोली प्रहार गर्ने व्यक्ति भनिएका अनुप बुद्ध लामा फरार रहेको र खोजी कार्य जारी रहेको गिरीले जानकारी दिए । गोली भित्तामा ठोकिएको हुनाले लामालाई केहि भएको छैन । घटनाको थप अनुसन्धान भइरहेको डिएस्पी गीरीले जानकारी दिएका छन् ।

No comments