मुख्य समाचार

पाँच किलाे सुन र नगद सहित एक पक्राउ


सिन्धुली असाेज २९गते 

संखुवासभाको भोटखोला गाउँपालिका–२ लिङगममा ५ किलो सुन र नगदसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा खाँदबारी–१ बस्ने २६ वर्षीय तोप्चेन भोटे रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।



 संखुवासभाको चेपुवा प्रहरी चौकी टोलीले चेक जाँच गर्ने क्रममा भोटेको झोलाबाट ५ किलो सुन, ३८ हजार ८० रुपैंया नगद र चिनियाँ मुद्रासमेत बरामद गरेको प्रहरी नायव उपरीक्षक मीमबहादुर लामाले जानकारी दिए । उनले यति ठूलो परिमाणको सुन संखुवासभामा पक्राउ गरिएको यो पहिलो घटना भएको बताए । खाँदवारीबाट गाडी र पैदल गरि २ दिन टाढा रहेकाले भोटेलाई सोमबार पक्राउ गरिएपनि सदरमुकामसम्म ल्याउन समय लागेको र थप अनुसन्धान भइरहेकोे बताइएको छ ।

No comments