मुख्य समाचार

विमानस्थल ताेडफाेड गर्ने सांसद शाह काे अनुसन्धान काे लागि ४दिन म्याद थप


सिन्धुली असाेज २९गते 

जनकपुर विमानस्थलको टर्मिनल भवनमा रहेको बुद्ध एयरको काउन्टर तोडफोड गरेको आरोपमा पक्राउ परेका प्रतिनिधिसभा सांसद प्रमोद साहलाई अनुसन्धानका लागि ४ दिनको म्याद थपिएको छ । जिल्ला अदालत धनुषाले सांसद साहलाई अनुसन्धान गर्न बुधबार ४ दिनको म्याद प्रहरीलाई दिएको छ । सांसद साहले जहाज डिले भएको झोंकमा सोमबार बुद्ध एयरको काउन्टरमा तोडफोड गरेका थिए । 


उनलाई मंगलबार काठमाडौंबाट पक्राउ गरेर जनकपुर ल्याइएको छ । जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका सांसद साहसित घटनाको सम्बन्धमा बयान लिइएको छ । अदालतबाट म्याद थपिएपछि सञ्चारकर्मीसित संक्षिप्त कुरा गर्दै सांसद साहले अदालतको निर्णयको सम्मान गर्ने बताए । ‘सही र गलतको मूल्याकंन जनताले गर्नेछ,’ उनले भने,‘निर्णय अदालतले गर्ने हो ।



’ यता, सांसद साह पक्राउ परेको विरोधमा उनको दल राष्ट्रिय जनता पार्टी (राजपा)ले बुधबार बिहानैदेखि जनकपुरमा प्रदर्शन गरिरहेको छ । जनकपुरको रामानन्द चोकमा टायर बालेर राजपाका नेता–कार्यकर्ताले १ घण्टा सडक अवरुद्ध गरेका थिए । सडकको गतिरोध खुलाउन प्रहरी र प्रदर्शनमा उत्रिएका आन्दोलनकारीबीच केहीबेर घम्साघम्सी मेत भएको थियो ।

No comments