कात्तिक २४,गते कमलामाई नगरपालिका दियो सार्वजनिक विदा सिन्धुली गढि विजयी उत्सव भब्य मनाउने
सिन्धुली कात्तिक ८गते (नवराज प्रसाई )
सिन्धुली काे ऐतिहासिक दरवार सिन्धुली गढि जुन ऐतिहासिक महत्त्व पुर्ण छ ।नेपाल एकीकरण काे समय मा वि सं १८२४ कात्तिक २४गते काठमाडौ कब्जा गर्न आए काे अङ्ग्रेज फाैज लाई सिन्धुली गढि मा वीर गोर्खाली फाैज ले ढुङ्गा मुडा अरिङगाल काे गाेलाे भरूवा बन्दुुक भाला तरवार खुकुरी काे भर मा अङ्ग्रेज फाैज लाई कात्तिक २४गते नेपाली फाैज ले अङ्ग्रेज माथि विजयी हासिल गरे काे थियोे।
अङ्ग्रेज सेना मा धेरै क्षति र धेरै अङ्ग्रेज सेना सिन्धुली गढि मा हार बेहाेरेर हतियार छाेडेर भागेका थिए।नेपाली फाैज ले आधुनिक हतियार र ताेप बन्दुुक कब्जा गरेकाे थियो ।त्यहि समझना मा सिन्धुली गढि मा कमला माई नगर पालिका ले भब्य कार्यक्रम गर्न लागेकाे हाे।कात्तिक २२,२३,२४,गते नेपाली सेना काे युद्ध सामग्री , स्थानीय उत्पादन , विभित्र भेष भुषा अादि काे स्टल पनि राखिने छ । कार्यक्रम मा पर्यटन मन्त्री सेना प्रमुख राजनीति देखि उच्च तह सम्म काे लाई निम्तो दिने कमलामाई नगरपालिका ले जनाएको छ ।
सिन्धुली गढि विजयी उत्सव मनाउन कमलामाई नगर पालिका ले कात्तिक २४गते सार्वजनिक विदा दिने निर्णय गरेकाे छ।२०६७ साल देखि नेपाल पत्रकार मंहासघ ले सुरु गरेकाे थियोे अहिले सबै कार्यक्रम कमलामाई नगरपालिका ले गर्दै अायकाे छ।





No comments