मुख्य समाचार

नेपाल लाेक स्टार काे उपाधि शनि बिश्वकर्म लाई पचास लाख पुरस्कार पाए


सिन्धुली कात्तिक ८गते 

 लोक गायन रियालिटी शो ‘नेपाल लोक स्टार’ को उपाधि शनि विश्वकर्माले जितेका छन्। शुक्रबार भृकुटीमण्डपमा सम्पन्न ग्राण्ड फिनालेमा रोल्पाका विश्वकर्मालाई उपाधि प्रदान गरिएको हो । बिजेता बने संगै  विश्वकर्माले ५० लाख रुपैयाँको पुरस्कार र २५ लाख रुपैयाँ बराबरकाे जीवन बीमा पनि प्राप्त गरेका छन् । 



 त्यस्तै स्याङ्जाका चेतन गोतामे दोस्रो बनेका छन् । उनले २५ लाख रुपैयाँ पुरस्कार र १५ लाख बराबरकाे जीवन बीमा प्राप्त गरेका छन् । उदयपुरका विनोद दनुवारले तेस्रो बन्दै १० लाख रुपैयाँ नगद पुरस्कार र १० लाख रुपैयाँ बराबरको जीवन बीमा प्राप्त गरे  । रामकुमार नेपालीले इलेक्ट्रिफाइङ्ग पर्फर्मेन्स अवार्ड हात पार्दै लिट्मस केबलको तर्फबाट २ लाख रुपैयाँ पाएका छन्। 


 फिनालेमा रामेछापका रामकुमार नेपाली , रोल्पाका शनि विश्वकर्मा, स्याङ्जाका चेतन गोतामे र उदयपुरका बिनोद दनुवारबीच प्रतिस्पर्धा भएको थियो ।  

No comments