सिन्धुली का टुल्कु लामा करणी काे अाराेप मा ७बर्ष कैद ३०लाख जरिवाना
सिन्धुली असाेज ३०गते
धार्मिक विधिबाट उपचारका नाममा गुम्बामा लगेर युवतीहरुको यौ.न शोषण गरेको आरोपमा उच्च अदालत पाटनले एक लामालाई ७ वर्ष कैद र ३० लाख रुपैयाँ क्षतिपुर्तिको फैसला गरेको छ ।
निर्दोष ठहर गर्ने जिल्ला अदालतको फैसला उल्ट्याउँदै उच्च अदालतका न्यायाधीशद्वय टेकनारायण कुँवर र रमेशबहादुर थापाको इजलासले धर्ममगुरुसहित उनकी सहयोगीलाई साइबर अपराधमा समेत दोषी ठहर गरेको छ।
दक्षिणकाली, चाल्नाखेलमा पेमा तासी छुलिङ घोम्बो कासुङ गुम्बा खोलेका रिम्पोछे छोल्टिम दोर्जे योन्तान योञ्जन टुल्कु लामा भनिने ज्ञानबहादुर लामालाई डर, त्रास, धाक देखाई करकाप र झुक्यानमा पारी एवम् शरीर बन्धक राखी युवतीमाथि करणी गरेको ठहर गर्दै अदालतले सजाय तोकेको हो ।
उच्च अदालत पाटनको फैसलापछि प्रहरीले लामालाई मंगलबार पक्राउ गरेको छ। लामाकी सहयोगी मनिषा लामालाई भने युवतीका आपत्तिजनक अवस्थाका फोटा फेसबुकमा अपलोड गरेको अभियोगमा अदालतले दोषी ठहर गरेको खबर कान्तिपुर दैनिकमा छ।



No comments