मुख्य समाचार

पर्यटन बर्ष २०२० मा दुम्जा कुशेश्वर महादेव मन्दिर काे प्रचार प्रसार गरे स्वदेशि विदेशी पर्यटन भित्र्याउन सकिन्नेे


सिन्धुली मङ्सिर ५गते (नवराज प्रसाई )
नेपाल सरकारले २०२०लाई  पर्यटन बर्ष मनाउने घाेषण गरेकाे छ ।
सिन्धुली को ऐतिहासिक र सिन्धुली कै चर्चित मन्दिर दुम्जा को कुशेश्वर महादेव मन्दिर लाई प्रचार प्रसार गर्ने सके आन्तरिक र विदेशी पर्यटन भित्र्याउन सके सिन्धुली र सुनकोसी गाउँ पालिका र स्थानीय लाई राम्रो फाइदा हुनेछ छ ।




मन्दिर लाई राम्रो ब्यवथा गरेर विभित्र पुर्बधार निर्माण गरेर पर्यटन भित्र्याउन सकिन्छ ।दुम्जा मन्दिर मा दैनिक सिन्धुली काभ्रे रामेछाप तराई काे जिल्ला र भारतबाट पनि भक्तजन आउने गरेकाे छ। गाउँपालिका र स्थानीय सरकारले ध्यान दिन सके जिल्ला गाउँ पालिका र स्थानीय काे राम्रो आम्दानी र विकास हुने छ।

कसरी जानेे  कुशेश्वर  मन्दिर  मा 

याे कुशेश्वर महादेव मन्दिर ३नम्बर प्रदेश काे सिन्धुली जिल्ला काे सुनकोसी गाउँ पालिका काे दुम्जा मा सुनकाेसि र राेशि दाेभान काे दुम्जा फाँटमा छ ।अहिले विपि राजमार्ग ले यश मन्दिर लाई छाेयकाे छ ।दुम्जा बजार नजिकै रहेकाे छ ।



काठमाडौ काे काेटेश्र्वर बाट ८३किमि छ। बनेपा धुलिखेल हुदै विपि राजमार्ग बाट  बस सुमाे पाईन्छ काठमाडौ बाट माेटरसाईकल र आफ्नो निजि गाडि मा पनि जान सकिन्छ ।काठमाडौ बाट लगभग ३घण्टा मा पुगन सकिन्छ । बर्दिबाँस बाट विपि राजमार्ग हुदै सिन्धुली गढि खुकाेट बजार हुदै सुनकोसी नदि काे नागबेलि विपि राजमार्ग हुदै दुम्जा कुशे श्वर मन्दिर जान सकिन्छ ।

खान बस्न हाेटल र अवलोकन गर्ने ठाउँ केके छ।

खान बस्न हाेटल काे पनि राम्रो ब्यबस्था पनि छ। दुम्जा काे हरियाली फाट सुनकोसी नदिमा जल यात्र घाेडा चडेर पनि  आन्द लिन सकिन्छ । तीन प्रधान मन्त्री काे जन्म थलाे विश्वेेेर प्रशाद काेईला काे पुरानो घर पनि अवलोकन गर्न सकिन्छ।


पैदल यात्रा गरि पनि आन्द लिन सकिन्छ । बनभाेज खाने ठाउँ पनि छ नगबेलि विपि राजमार्ग काे दृश्य पनि हेर्ने सकिन्छ । मन्दिर काे रमणयि दृश्य ऐतिहासिक महत्त्व अादि जानकारी लिन सकिन्छ ।



कुशेश्वर महादेब मन्दिर काे ऐतिहासिक महत्त्व 

हिमवत्खण्डमा वर्णित ६४ शिवलिङ्गमध्ये सबैभन्दा पहिला उत्पत्ती भएको कुशेश्वर महादेव हो भन्ने उल्लेख छ। त्यसैले कुशेश्वर महादेवलाइ आदिलिङ्ग भनिन्छ । धार्मिक यात्रामा निस्कदा सबैभन्दा पहिला दर्शन गर्नुपर्ने महादेव अर्थात् शिवलिङ्गका रूपमा आदिलिङ्ग कुशेश्वर महादेवलाइ लिइन्छ । पुलचोकीडाँडाबाट पनौतिहुँदै पूर्व उत्तर बग्ने रोशीखोलाको दोभान र सुनकोशी नदीको किनारमा आदिलिङ्ग कुशेश्वर महादेवको मन्दिर रहेको छ । 

सिन्धुली जिल्ला सुनकोशी गाउँपालिका वडा नम्बर १ स्थित कुशेश्वर दुम्जामा रहेको छ।

साउनको सोमबारसमेत सो मन्दिरमा भब्य मेला लाग्दै आएको छ । आदिलिङ्ग कुशेश्वर महादेव मन्दिर नजिकै दुर्गा तीर्थ रहेको छ । उमामहेश्वर, बटुक भैरवलगायत मन्दिरसमेत कुशेश्वर परिसरमा रहेका छन् । नजिकैको बजार गजुलीदहमा टौदहको नाग र गजुलीदहको नागबीचको किम्बदन्ती जोडिएको पेटारे ढुङ्गासमेत रहेको छ । बाढीले पुरिएको अवस्थामा रहेको पेटारे ढुङ्गालाइ उत्खनन् समेत गरिएको छ । 

मन्दिरमा संस्कृत पाठशाला समेत सञ्चालनमा रहेको छ । एक दिन बस्नेगरी दुम्जा जाने हो भने झाँगाझोलीमा रहेको प्रतापेश्वर महादेव, राघाकृष्ण मन्दिर, रातमाटाको गणेशस्थान, मूल्कोटमा रहेको बाल्मिकेश्वर महादेव र मुकुटेश्वरी देवीको मन्दिरसमेत दर्शन गर्न सकिन्छ । 

मन्दिर लाई पुनः निर्माण गरिदै 

पूर्वको सानो नेपालको रूपमा परिचित झाँगाझोली बजारको सौन्दर्यसमेत लिन सकिन्छ । भ्रमणलाइ अझ रोमाञ्चक र फलदायी बनाउने हो भने कुशेश्वर दुम्जाको भ्रमण गरी २००८ सालमा स्थापित कुशेश्वर विद्यापीठको अवलोकन, रमणीय अड्चले र दुम्जा गाउँको पैदल यात्रा गर्न सकिन्छ । जहाँ, नेपालका चार प्रधानमन्त्रीको पुर्ख्यौली घर रहेको छ । मातृकाप्रसाद कोइराल, विश्वेश्वरप्रसाद कोइराला, गिरिजाप्रसाद कोइरालाका पिता कृष्णप्रसाद कोइराला दुम्जामा नै जन्मनुभएको थियो ।


 त्यति मात्र होइन, सुशील कोइरालाको पुर्ख्यौली घर समेत दुम्जामा नै छ । जागरणकवि धरणीधर कोइराला, कवि मोहन कोइराला, उपन्यासकार शंकर कोइराला, शिक्षासेवी दीर्घराज कोइराला, शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइराला, पूर्व मन्त्री तथा नेवि सङ्घका संस्थापक अध्यक्ष विपिन कोइरालालगायत थुप्रै राष्ट्रिय विकासमा योगदान दिने व्यक्तित्व दुम्जाको भूमिले जन्माएको छ ।

No comments