नेकपा काे एकलौटी अध्यक्ष मा प्रचण्ड ,पाँच बर्ष सम्म ओलि प्रधानमन्त्री
सिन्धुली मंसिर ४गते
नेकपाको सचिवालय बैठकले पार्टी र सरकारको भूमिकालाई प्रभावकारी बनाउन अध्यक्षद्वयको कार्यविभाजन टुङ्गो लगाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको बैठकले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार सञ्चालन गर्ने र अर्का अध्यक्ष पुष्पकमल दाहालले कार्यकारी भूमिकासहित पार्टी सञ्चालन गर्ने निर्णय गरेको हो ।
नेकपाका एक नेताकाअनुसार पार्टी एकताअघि भएको सहमति बुधबारको जिम्मेवारी बाँडफाँडसँगै समाप्त भएको छ । यसअघि दुई अध्यक्षले सरकारको आधाआधा कार्यकाल नेतृत्व गर्ने सहमति थियो ।
ती नेताले भने, 'आज दुई अध्यक्षको कार्यविभाजन भयो। केपी ओली बाँकी रहेको अवधिभर सरकारको नर्तृत्व गर्ने र दाहालले पनि बाँकी रहेको अवधिभर पार्टी कार्यकारी अध्यक्षको जिम्मेवारी पाउनुभएको छ। पहिला आलोपालो भन्ने थियो। आजदेखि सकियो।
बैठकले पार्टी अध्यक्षद्वयको मर्यादाक्रम भने पुरानै कायम गरेको छ । पार्टी बैठकको अध्यक्षता दुवै अध्यक्षले संयुक्तरुपमा गर्ने निर्णय भएको छ तर बैठकको सञ्चालन भने अध्यक्ष दाहालले गर्नेछन् । अध्यक्षद्वयबीचको आपसी सल्लाहमा पार्टी र सरकार सञ्चालन गर्ने निर्णयसमेत भएको छ ।



No comments