मदिरा पियर आफ्नैै साथी लाई छुरा हान्दा एक काे मृत्युु
सिन्धुली माघ ९गते
मदिरा सेवा गरी सामान्य विवाद हुँदा आफ्नै साथीको छुरा प्रहारबाट एक किशोरको मृत्यु भएको छ । भक्तपुर नगरपालिका–६ भोलाछेंमा भएको विवादमा छुरा प्रहार गर्दा भक्तपुर–१० चोखा कमलविनायक बस्ने १५ वर्षीय रोहन सुवालको बुधबार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ ।
छुरा प्रहारपछि फरार रहेका १५ र १६ वर्षीय दुई किशोरलाई प्रहरीले सिद्वपोखरीस्थित कान्तिपुर गेष्टहाउसबाट पक्राउ गरी अनुसन्धान शुरु गरेको महानगरीय प्रहरी परिसर भक्तपुर प्रमुख एवं प्रहरी उपरीक्षक सबिन प्रधानले जानकारी दिनुभयो



No comments