मुख्य समाचार

तपस्वी राम बहादुर बमजन पक्राउ गर्न प्रहरी परिचालन

सिन्धुली माघ २४गते

तपस्वी रामबहादुर बमजनलाई पक्रन नेपाल प्रहरीको टोली सिन्धुलीस्थित आश्रम पुगेको छ ।हत्या– हिंसा, बलात्कार तथा आनीहरूलाई बेपत्ता पारेको आरोप लागेका बमजनलाई बिहान ६ बजेदेखि प्रहरीले आश्रम र वरिपरिको जंगलमा खोजे पनि भेटाएको भने छैन ।आश्रमस्थित उनी बस्ने मूल घरमा ताला लागेको छ । प्रहरीले सिन्धुली जिल्ला अदालतबाट बिहीबारै बमजन पक्राउको अनुमति लिइएको थियो ।

बमजनमाथि एक अनुयायीको हत्या गरेको, तीन आनी र एक अनुयायीलाई बेपत्ता पारेको तथा कम्तिमा एक आनीलाई बलात्कार गरेको गम्भीर आरोप छ।

आनीहरू सर्लाहीकी रिता वोट, नुवोकोटकी कर्मा तामाङ र मकवानपुरकी फुलमाया रूम्बा बमजनकाे आश्रमबाट बेपत्ता भएका छन् ।त्यस्तै बमजनका दुई अनुयायी बाराका सुरेश आलेमगर र मकवानपुरका सञ्चमान वाइबा पनि उनको सिन्धुली स्थित आश्रमबाट बेपत्ता छन् । उनीहरूकाे अवस्था अज्ञात नै छ ।

No comments