७०कराेड काे लफडा ले सञ्चार मन्त्री बाँस्कोटाले दिय राजिनामा
सिन्धुली फागुन ८गते
सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले राजीनामा दिएका छन् । ७० करोड घुस प्रकरणको अडियो सार्वजनिक भएको भोलिपल्ट बाँस्कोटाले राजीनामा दिएका हुन् ।
मन्त्री बाँस्कोटाले राजीनामा दिएको सभामुख अग्नि सापकोटाले संसदमा जानकारी दिएका हुन् ।कञ्चनपुरमा रहेका बाँस्कोटा आजै (बिहीबार) मात्र काठमाडौं फर्केका हुन् ।उनी यहाँ आएलगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका थिए ।सेक्युरिटी प्रेस खरिदमा मन्त्री बाँस्कोटाले स्वीस कम्पनीको एजेन्टसँग घुसको बार्गेनिङ गरेको अडियो सार्वजनिक भएको थियो । मन्त्री बाँस्कोटाले सेक्युरिटी प्रेस खरिद गर्दा कर्मचारीसँग कुरा नगर्न र आफैसँग कुरा गर्न आग्रह गरेको सार्वजनिक अडियो सम्वादमा सुन्न सकिन्छ ।
स्वीस कम्पनीका लोकल एजेन्ट विजय मिश्र र मन्त्री बाँस्कोटाबीच दुई मिनेट ३१ सेकेन्ड चलेको सम्वादमा दुईबीचको सम्बादमा घुस लेनदेनको विषयमा कुराकानी भएको प्राप्त अडियो रेकर्डबाट प्रस्ट हुन्छ । बाँस्कोटाले २० देखि २७ अर्बमा सेक्युरिटी प्रेस स्थापनाको काम सक्न पाए हुन्थ्यो भन्ने अनुरोध गरेका थिए ।



No comments