मुख्य समाचार

सिन्धुली मा एक जाना मा काेराेना भयकाे आशङका छुट्टै वार्ड मा राखेर उपचार हुदै

सिन्धुली चैत ६गते
सिन्धुली अस्पतालमा एकजनालाई आइसोलेसन वार्डमा राखेर उपचार शुरु गरिएको छ । आज ज्वरो बढेपछि अस्पतालमा ल्याइएका कमलामाई नगरपालिका–७ का ८१ वर्षीय वृद्धलाई कोरोनाको आशङकामा अस्पतालको आइसोलेसन वार्डमा छुट्टै उपचार शुरु गरिएको सिन्धुली अस्पतालका डा अभिशेष भण्डारीले जानकारी दिए ।यसैबीच सिन्धुली अस्पतलेफिवर क्लिनिक चलाउने तयारी गरेको छ । अस्पताल विकास समितिले सो का लागि भवन अभाव भएपछि अस्पताल प्राङ्गणमा टेण्टको व्यवस्था गरेको छ ।अस्पताल विकास समितिका अध्यक्ष प्रल्हादकुमार पोखरेलका अनुसार स्वास्थ्यकर्मीले लगाउने पिपिइ नभएकाले सेवा सुचारु गर्न कठिन भएको छ ।


No comments