मुख्य समाचार

सन्दीप ले पाय कार

सिन्धुली १०:  (आईपीएल) क्रिकेटमा आफ्नो प्रभाव देखाएका युवा स्टार सन्दीप लामिछानेलाई बुधबार टाटा टिगोर कार प्रदान गरेको छ । आईपीएल खेल्ने पहिलो नेपाली खेलाडी सन्दीपले दिल्ली डेयरडेभिल्सबाट ३ खेल खेल्दै ५ विकेट लिएका थिए कार

सिप्रदीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ र टाटा मोटर्सका कन्ट्री म्यानेजर अजितनारायण सिंहले सन्दीपलाई कार हस्तान्तरण गरेका थिए । बजार मूल्यअनुसार कार २४ लाख ९५ हजार रुपैयाँ पर्दछ । सन्दीपले कार लिएवापत ३ वर्षसम्म टाटा मोटर्स र यसका नेपालको आधिकारिक बिक्रेता सिप्रदीसँग रहेर प्रवद्र्धन गर्नुपर्नेछ । कन्ट्री म्यानेजर सिंहले टाटा निक्सन आईपीएलको प्रायोजकमध्ये एक रहेकाले नेपालमा पनि आईपीएल खेलेका गर्विला नेपाली खेलाडीसँग टाटा जोडिएको जनाउँदै यो सम्झौता ३ वर्षमात्र भए पनि पछिसम्म हेरिएको बताए । प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले क्रिकेटसँग सिप्रदीको पहिलादेखिकै लगाव भएको जनाउँदै सरकारले नेपाली क्रिकेटमा सहयोग बढाउनुपर्ने अवस्था देखिरहेकाले कम्पनीले केही योगदान दिन खोजेको अर्थ्याए । सन्दीपले आईपीएल खेलेपछि आफूले नयाँ यात्रा गरेको र त्यो यात्रामा टाटा थपिँदा रमाइलो हुने आशा राखेको बताए ।

उनले आफू १७ वर्षमात्र भएकाले लाइसेन्स नभए पनि चालक राखेर कारको प्रयोग गर्ने जनाए । राष्ट्रिय टोलीका कप्तान पारस खडाले २०१४ मा नेपालले ट्वान्टी–२० विश्वकप खेलेपछि खेलाडीले राम्रो प्रोत्साहन पाउँदै आएको र खेलाडीको यस्तो सम्मानले थुप्रै सन्दीप निस्कन सहयोग पुग्ने बताए । सिप्रदीले सामाजिक उत्तरदायित्वअन्तर्गत विङ सिप्रदियन सहायता संस्थामार्फत् नेपाली राष्ट्रिय टोलीका आरिफ शेख र सुनील धमलालाई प्रायोजन गर्दै आएको छ ।

No comments