मुख्य समाचार

रूखै बैरि झारै बैरि भन्दै अङ्ग्रेज सेना सिन्धुली गढि मा हारेका थिए

सिन्धुली असार २४गते:

ब्रिटिशको इस्ट इन्डिया कम्पनी सेनाले पहिलो पल्ट सिन्धुलीगढीमा हमला गर्न आउादा नेपाली सेनाका कमान्डर बंशु गुरुङको नेतृत्वमा गोर्खालीले गढी आउने बाटो वरपर सयाैं अरिंगालका गोला पहिचान गरिराखेका थिए र बाटो वरपर सयौं सिस्नुका झ्याङ लगाएर राखेका थिए ।

जब ब्रिटिश सेनाहरु गढी आक्रमण गर्न जंगलको बाटो हुादै आए, गोर्खाली सेनाले एकै पटकमा धनु कााडले सयौं राता र काला अरिङ्गालका गोला झारिदिए। यसपश्चात् रिसाएका ति अरिङ्गालहरुले टोकेर सयौं ब्रिटिश सेना बाटो वरपर मरे भने सिस्नुको पोलाई र अरिगालबाट आत्तिएर कैयन अंग्रेज सेना ज्यान जोगाएर भागे।

चौबीस सयको संख्यामा आएका ब्रिटिश सेनामाथि यसरी ८०० गोर्खालीले बिजय प्राप्त गरेका थिए। एसियामा ब्रिटिश सेनाको यो नै पहिलो हार थियो। यसपश्चात् ४०/५० वर्षसम्म ब्रिटिश सेनाले नेपाललाई आक्रमण गर्ने हिम्मत गरेनन्।

No comments