मुख्य समाचार

बिश्व कप फुटबल मा इङल्याणड र स्वीडेन भिडन्त

न्युज सिन्धुली असार २३गते सिन्धुली

विश्वकप फुटबलमा इङल्याण्ड र स्वीडेनले ठूलो उपलब्धि हासिल नगरेको धेरै भइसक्यो । आधुनिक फुटबलको जन्मदाता इङल्याण्डले सन् २००६ यता महाकुम्भको क्वार्टरफाइनलमा खेल्दैछ । त्यस्तै १९९४ मा सेमिफाइनलसम्म पुगेको स्वीडेनसँग घरेलु मैदानमा १९५८ मा फाइनल खेलेको झल्कोमा रमाउनबाहेक अन्य बिकल्प छैन ।

त्यसको ४ वर्षअघि १९९० मा इटाली विश्वकपका इङल्याण्डले सेमिफाइनल खेलको थियो ।  त्यसैले रुसी भूमिमा आफ्ना समर्थकहरुलाई नयाँ उत्साह सञ्चार गर्ने योजनासहित दुबै टोली मैदानमा उत्रिनेछन् । समारा एरिनामा मैदान ओर्लंदा स्वीडेनलाई राईट ब्याक माइकल लस्टिङको सावथ रहने छैन । उनी एक म्याचको प्रतिबन्धमा छन् । उनको स्थानमा इमिल क्राफ्थले मौका पाउने छन् ।

तर, मिडफिल्डर सेबास्ििटयन लार्सनको उपस्थितिले गुस्ताभ सेभेन्सनको स्थान भने खोसिन सक्छ । इङलिस टोलीमा पनि केही खेलाडीलाई लिएर समस्या छ । स्ट्राइकर जेमी भार्डी कोलम्बियाविरुद्धको खेलमा घाइते भएका थिए । उनी पूर्ण फिट छैनन् । एस्ले योङ र कायल वाकर फिट छन् । तर, जोर्डन हेण्डरसन, जेसी लिङगार्ड, रुबेन लोफ्ट्स चिक र वाकरले आज पहेंलो कार्ड खाए उनीहरुले सेमिफाइनल खेल गुमाउने पक्का छ । स्वीडेनका प्रशिक्षक जेन एण्डरसनले इङलिस फुटबल परिवर्तन भइसकेको र ७० को दशककोजस्तो डरलाग्दो नरहेको प्रतिक्रिया दिएका छन् ।

आफूले हेर्दै आएको इङलिस फुटबलभन्दा अहिलेको शैली फरक भएकाले डर मान्नुपर्ने अवस्था नरहेको उनले बताएका छन् । इङलिस प्रशिक्षक गारेथ साउथगेट खेलाडीहरुले अनावश्यक रुपमा खाएको पहेंलो कार्डलाई लिएर चिन्तित छन् । २ वर्षको अन्तरालमा टिममा निकै सकारात्मक परिवर्तन आएको र त्यसैलाई निरन्तरता दिनसके इङलिस टोलीले ऐतिहासिक क्षण आत्मसात गर्ने उनको भनाई छ ।

No comments