मुख्य समाचार

फ्रान्स र उरूग्वे र ब्राजिल र बेल्जियम विच खेल हुदै

सिन्धुली असार २२गते:

रसिया विश्वकप फुटवलमा आज क्वार्टरफाइनलका खेल सुरु हुँदैछ । पहिलो क्वार्टफाइलनमा युरोपियन मुलुक फ्रान्स र दक्षिण अमेरिकी उरुग्वेबीच प्रतिस्पर्धा हुनेछ । दुई मुलुकबीचको खेललाई अघिल्लो चरण प्रवेशको जुहारी र श्रेष्ठताको लडाई मानिएको छ । खेल निज्नी नोभगोरोड रंगशालामा नेपाली समयअनुसार राती पौने ८ बजे सुरु हुनेछ ।

यसअघि भएका तीन भेटमा उरुग्वे एक खेलमा विजयी भएको थियो भने बाँकी २ खेल  बराबरीमा सकिएका थिए । सन् १९३० र ५० को उपाधि जितेको उरुग्वे तेस्रो उपाधि जित्ने लक्ष्यमा छ । फिफा वरियताको १४ औं स्थानमा रहेको ऊरुग्वेले २ पटक फाइनल र ५ पटक सेमिफाइनल सम्मको यात्रा गरिसकेको छ । एक पटकको विश्वकप विजेता फ्रान्सलाई रसिया विश्वकपको उपाधि दाबेदार राष्ट्रका रुपमा हेरिएको छ ।

सन् १९९८ को विश्व बिजेता फ्रान्सले त्यसयता अर्को उपाधि हात पार्न सकेको छैन् । एन्टोनियो ग्रीजम्यान केलियन एम्बाप्पे, पउल पोग्वा, ओलिभर जिराउड तथा बेन्जामिन पभार्ड जस्ता हस्तीले भरिएको फ्रान्स आफ्नो यात्रालाई सहजताका साथ लम्ब्याउन चाहान्छ । तर लुईस स्बरेज, ईडिसन काभानी, कार्लोस सान्चेज, डिएगो गोडिन जस्ता भरपर्दा खेलाडिको साथ पाएको उरुग्वे अर्को ईतिहास कोर्न केहि कदम मात्र टाढा छ । आजको बिजेताले फाईनल प्रवेशका लागि ब्राजिल र बेल्जियमबीचको बिजेतालाई प्रतिद्वन्दी पाउनेछ । 

आजै मध्यराती हुने दोस्रो क्बाटरफाइनलमा ५ पटकको बिजेता ब्राजिल र पहिलो उपाधिको खोजीमा रहेको बेल्जियम आमने सामने हुनेछन् । कीर्तिमानी छैटौं उपाधिको खोजीमा रहेको ब्राजिल युरोपेली प्रतिद्वन्द्वीलाई पन्छाउँदै एक कदम अघि बढ्ने योजनामा छ । तर, यसमा युरोपेली फुटबलको पावर हाउस मानिएको बेल्जियम, ब्राजिलको योजनामा बाधक बन्ने खतरा उत्तिकै छ ।

समूह ‘एच’को बिजेता बनेर नकआउटचरण प्रबेश गरेको बेल्जियमले प्रिक्बाटरफाईनलमा जापानलाई हराएर अन्तिम आठको यात्रा तय गरेको थियो । यी दुईबीचको खेल कजान एरिनामा मध्यराती पौने १२ बजे सुरु हुनेछ ।

No comments