अमेरिका मा ग्यास स्टेशन लुटन अायका लुटेरा ले गाेलि हानि एक नेपाली काे हत्या
सिन्धुली असार २१:
ग्यास स्टेसन लुट्न आएका लुटेराको आक्रमणमा परी अमेरिकाको भर्जिनिया राज्यमा एक नेपालीको मृत्यु भएको छ । भर्जिनियाको हर्नडन सहरको फ्रयाङ्कलिन फर्ममा अवस्थित ‘सुनाको ग्यास’ स्टेसनमा बुधबार बिहान भएको घटनामा ४० वर्षिय रेशम बजगाईंको मृत्यु भएको हो ।
गोरखा जिल्लाको केराबारी पुर्खाैली घर भई पछिल्लो समय चितवनको भरतपुर बस्दै आएका बजगाईंलाई ग्यास स्टेसनमा काम गरिरहेको अवस्थामा आक्रमणमा परेका थएि । अमेरिकी स्वतन्त्रता दिवस, जुलाई ४ को बिहानै घटेको सो घटनाबारे ।
वासिङ्टन पोष्ट अनलाइनले स्थानीय फेयरफयाक्स प्रहरीलाई उदृत गर्दै दिएको जानकारी अनुसार पसल लुट्ने नियतले लुटेराले बजगार्इंको टाउको गोली प्रहार गरेको हुनसक्ने अनुमान छ । करिब नौं महिना अघि मात्र अमेरिका आएका बजगाईंका श्रीमती र पाँच वर्षीया छोरी अमेरिकामै छन् ।


No comments