मुख्य समाचार

डाक्टर केसि काे समर्थनमा सामुहिक सत्यग्रह सुरु


सिन्धुली साउन ६:

डा. गोविन्द केसीको समर्थनमा काठमाडौंमा आज (आइतबार)देखि सामूहिक सत्याग्रह सुरू गरीएको छ ।  चिकित्सा शिक्षा सुधारको माग गर्दै २३ दिनदेखि अनशनरत डा.केसीप्रति एेक्यबद्धता जनाउँदै नागरिक समाजका अगुवाहरू सामूहिक सत्याग्रहमा बसेका छन् ।

सोलिडारिटी फर डा. केसी अलायन्सको आयोजनामा उनीहरूले आज बिहान १० बजे वसन्तपुर डबलीमा सत्याग्राह सुरु  गरिएको हो । सत्याग्रह बिहान १० देखि साँझ ५ बजेसम्म जारी रहने आयोजकले जनाएका छन् ।

यसमा नागरिक अगुवा, विभिन्न क्षेत्रका पेशागत व्यक्ति तथा सर्वसाधारण स्वतःस्फूर्त सहभागिता रहेको आयोजकको दाबी छ । सत्याग्रहमा सर्वसाधारणहरुको बाक्लो उपस्थिति देखिन्छ । दबाब कार्यक्रमलाई नयाँ स्वरुपमा अघि बढाउन सामूहिक सत्याग्रह शुरु गरिएको नागरिक समाजले जनाएको छ ।

शनिबार पनि प्रबुद्ध समूहले डा. केसीको मागको सम्बोधन गर्न भनेर सरकारलार्इ दबाव दिन काठमाडौंमा प्रदर्शन गरेको थियो । केसीका जायज माग पूरा नगरे आन्दोलन झनै चर्काउने उनीहरूले बताएका छन् । देशबाहिर समेत अस्ट्रेलिया, अमेरिका लगायत देशमा रहेका नेपालीले डा. केसीको समर्थनमा प्रदर्शन थालेका छन् ।

No comments