दानव काका ले आफ्नै भतिज काे धारिलो हतियार प्रहार गरि हत्या
सिन्धुली असार १८गते :
- खेलिरहेका अन्दाजी पाँच वर्षका आयुस सार्कीलाई सिताराम सार्कीले धारिलो हतियार प्रयोग गरी हत्या गरेको प्रहरीले जनाएको छ । हत्या हुने वेला मृतक आयुषका अशक्त हजुरबुवा पिंढीमै थिए । वाशु वयलकोटीका ५ जना छोरी पछि आयुषको जन्म भएको थियो ।
- छोरा जन्मे पछि निकै खुसी भएका वयलकोटी परिवारको खुसी देख्न नसकेर हत्या गरेको हुन सक्ने प्रहरीको अनुमान छ । यसअघि पनि सितारामले अर्को भाईको छोरा लाई गत वर्ष हत्या प्रयास गरेका थिए । हत्याको आरोप लागेका सिताराम सार्की फरार छन् । निजको खोजी भईरहेको गजुरीस्थित ईलाका प्रहरी ईन्चार्ज सन्जय तिमिल्सिनाले वताउनुभयो ।


No comments