सिन्धुली साउन ६:
प्रहरीले दुई जना भारतीय नागरिक सुनसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको दिल्ली घर भएका ३१ वर्षीय ईम्रान र भारत उत्तर प्रदेश घर भएका २१ वर्षीय बाहक अरीफ अली छन् ।
उनीहरुलाई तस्करीको २ किलो ६ सय ७० ग्राम सुनसहित पक्राउ गरेको हो । थाई एयरको उडानद्वारा बैंककबाट काठमाडौं आएका खुलेको छ । पक्राउ परेका दुवै जनाले मलद्धारमा सुन लुकाएर ल्याएको प्रहरीले जनाए ।


No comments