मुख्य समाचार

साेझा साझा पुरूष लाई बलात्कार भन्दै फसाउदै


सिन्धुली साउन ४:

कतिपय महिलाको अस्मितालाई हतियारका रुपमा प्रयोग गर्ने गरेको गुल्मीको एक घटनाले देखाएको छ । विभिन्न रिस–इबी साँधेर बदलाको भावनाले निर्दोषलाई समेत बलात्कार जस्तो डर लाग्दो मुद्धा दिने गरेको केही महिना अघि जिल्ला अदालत गुल्मीमा दर्ता भएको एक बलात्कार मुद्धाले यस्तो देखाएको हो ।

मुसिकोट नगरपालिका वडा नम्वर–४, भुवाचिदीका ३५ वर्षीय किशान भन्ने ३५ वर्षीय जीवन रायमाझीले आफुलाई उनै पसलको गोदाममा लगेर बलात्कार गरेको स्थानीय एक महिलाले अदालतमा मुद्धा दिएकी थिईन् । ्गत बैशाख २२ गते बिहान बलात्कार गरियो भनिएको मुद्धा त्यसको झण्डै एक महिनापछि जेठ २ गते अर्को एक महिलाले अदालतमा मुद्धा दायर गरेकी थिईन ।

जुन मुद्धा झुठो ठहर गरी अदालतले रामयझीलाई सफाई दिएको जिल्लाा प्रहरी कार्यालयले जनाएको छ । ती महिलाले बोलेको कुरा सत्य नभएको त्यस प्रहरी कार्यालयका मुद्धाफाँटका असई सत्यनारायण यादवले बताएका छन् । ती महिलाको स्वाथ्य परिक्षण र पोलिग्राफ गर्दा समेत पुष्टि हुन नसकेको अदालतका एक श्रोतले बताएका छ ।

श्रोतले भन्यो, ‘ती महिलाले बोलेका कुरा झुटा र असत्य सावित भएको फैसलामा उल्लेख छ ।’ रायमाझी आफु माथी सरासर झुटो आरोप लगाईएको भन्दै हिरासत भित्रै पटक पटक डाको छाड्ने गर्दथे । यस्तो झुटो आरोपमा यदि मलाई फसाइयो भने भोलीको दिन हजारौं म जस्ता सोझा ुरुषहरु फस्नेछन भन्ने गर्दथे । रायमाझीकी आमाले भनिन जव विदेश जान ती महिलाका छिमेकीले हामीसँग ऋण लिएका थिए । मैले छोरालाई त्यो पैसा उठाउन लगाएँ । प्रहरीमा गएर तमसुक पाि बनाइयो ।

उनकी श्रीमतीले भन्ने गर्थिन, ‘आज मेरो श्रीमानलाई जसरी फसाउन खोजिदै छ । भोलीका दिनमा ती जस्ता महिलाले हजारौं पुरुषहरु फसाउँने छन्, ख्याल गरौं हामी केही महिलाको अस्मिताले सोझा पुरुषहरुलाई फसउने हतियार बनाईदैछ ।’ बलात्कारको आरोप लगाउने ती महिला विपन्न परिवारकी भएकोले पाल्पामा हुँदा सहयोग संकलन गर्ने गर्थिन् । यता गुल्मीमा बिहे गरेर आएपछि पनि सार्वजानिक स्थानमा समेत सहयोग संकलन गर्दै आएकी थिईन् । पाल्पाको एक अस्पतालमा उपचारका क्रममा श्रीमान भागेर हिडेपछि उनि सोही अस्पतालमा अलपत्र परेकी थिईन ।


त्यसै अस्पतालमा छोरीको उपचार गर्न गएका गुल्मी बडागाउँका एक राना थरका पुरुषले उनलाई विवाह गरेर ल्याएको ६ महिना नपुग्दै बलात्कार जस्तो डर लाग्दो आरोप लगाउन पुगेकी थिईन् ।

पाल्पा कै उनि जस्तै विपन्न अर्की महिलाले पनि समाजमा नाम चलेका विभिन्न मानिसहरुलाई बलात्कार गरेको आरोप लगाउँदै हिड्ने गरेको उजुरी परेपछि गत वर्ष प्रहरीले समातेर नियन्त्रणमा लिएको थियो । स्थानीयले बदला लिन उनलाई केही रकम दिएर प्रयोग गरेको रायमाझी पक्षधारले बताउँदै आएका छन् ।

No comments