राजधानीमा बिप्लव काे बन्द सामान्य राजधानी बाहिर जनजिवन प्रभावित केही सवारीसाधन मा अागजनि
सिन्धुली साउन २९:
नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आह्वान गरेको बन्दको प्रभाव राजधानी उपत्यकामा सामान्य परेपनि उपत्यका बाहिरको जनजीवन भने प्रभावित भएको छ ।
पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई रिहा गर्न माग गर्दै नेत्रविक्रम चन्द्र विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले गरेको बन्दले उपत्यका बाहिरको जनजीवन भने प्रभवित बनाएको हो । चन्द नेतृत्वको नेकपाले बिहानै देखि उपत्यका लगायत विभिन्न जिल्लामा राखेको बमका कारण जनजीवन प्रभावित भएको छ ।
बन्दकर्ताले उपत्यकाका विभिन्न स्थानमा राखेको बम भने प्रहरीले निष्क्रिय पारेपनि झापास्थित पत्रकार महासंघको कार्यालय नजिकै भने बम विस्फोट भएको छ । नुवाकोटबाट काठमाडौं आउँदै गरेको बा २ ख ८५१६, बा ५ ख २१३० , बा ५ ख २१३२ नम्बरको ट्रकमा समेत आगजनी गरेको छ ।
त्यसैगरी, बन्दको अवज्ञा गरेको भन्दै नवलपरासीको गैंडाकोटस्थित भृकुटीचोकमा रोकि राखिएका ना २ ख ८४८७ र ना २ ख २५४८ नम्बरको ट्रकमा आगजनी समेत गरेका छन् । बन्दले विहानैदेखि अर्घाखाँचीको जनजीवन प्रभावित बनेको छ । विहानैदेखि छोटो तथा लामो दुरीका सवारी साधन चलेका छैनन् ।
यसैबीच काठमाडौंको जमल पुलमुनी कार्टुनमा प्याक गरिएको प्रेसर कुकुर सहित पार्टी कार्यकर्ता आजाद र रावललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीले से ५ प ६७०१ नम्वरको स्कुटीमा सवार दुवै जनालाई चेकजाच गर्दा प्रेसर कुकुर भेटिएकाले पक्राउ गरेको जनाएको छ ।
बन्दका कारण उपत्यकाका अधिकांश कलेजहरु बन्द छन् । कलेज प्रशासनले कलेज सञ्चालन हुने नहुनेबारे अग्रिम जानकारी नदिँदा कलेजसम्म पुगेका अधिकांश विद्यार्थीहरु कोहि बीचबाटोबाट कोहि कलेज पुगेर त्यत्तिकै फर्किएका थिए ।


No comments